Techie IT
Wednesday, November 5, 2025 | बुधबार, कात्तिक १९, २०८२
२०८२ कात्तिक १९, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररामहरिले सुशासन समिति सभापतिबाट राजीनामा दिए

रामहरिले सुशासन समिति सभापतिबाट राजीनामा दिए


काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन् । संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा चलखेल गरेको भन्दै खतिवडामाथि नैतिक प्रश्न उठेको थियो ।

त्यहीकारण उनलाई नेपाली कांग्रेसभित्रैबाट दबाब बढेपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । कांग्रेसले खतिवडालाई यसअघि नै राजीनामा दिन निर्देशन दिएको थियो। खतिवडा अध्यक्ष रहेको संसदीय समितिबाट पारित विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी संवैधानिक व्यवस्था निष्क्रिय हुने गरी संशोधन पारित गरिएको थियो ।

त्यसपछि विधेयक संसद्मा पुग्दै गर्दा विवादले उग्र रुप लियो । सुशासनका नाममा बनाइएका नियमहरू उल्ट्याउने काममा खतिवडा नैतिक जिम्मेवार रहेको प्रतिवेदन पनि संसदीय समितिले दिएको थियो । जीवन परियार नेतृत्वको छानबिन समितिले खतिवडाको भूमिकामा नैतिक जिम्मेवार रहेको प्रतिवेदन पेश गरेपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो ।

खतिवडा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा २०८० भदौ ११ गते निर्विरोध निर्वाचित भएका थिए ।

त्यसबेला समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले उनी सभापति भएको घोषणा गरेका थिए । सभापतिमा निर्वाचित भएपछि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने जानकारी दिएका थिए ।

तर उनी आफैं विवादमा परेर पद त्याग्न बाध्य भएका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले

काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर

बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन

काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम

एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि…

काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै

सरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो

चुनाव गराउनका लागि बनाइएको अहिलेको अन्तरिम सरकारले पछिल्लो समय भटाभट दूरगामी महत्वका केही निर्णयहरु गर्यो । जस्तैः भूमि आयोग खारेज

Techie IT