Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररूपन्देही–३ को उपचुनावमा होमियो रास्वपा

रूपन्देही–३ को उपचुनावमा होमियो रास्वपा


काठमाडौं । रूपन्देही–३ मा कात्तिक १७ गते हुने उपचुनावका लागि रास्वपाले व्यापक तयारी अघि बढाएको छ । यससँगै रास्वपामा उम्मेदवारका आकांक्षीको लर्को लागेको छ ।

यहाँ रास्वपाले अनलाइन प्रणालीबाट आकांक्षीहरूको आवेदन माग गरेको छ । तर अहिलेसम्म कस–कसले आवेदन दिए भन्ने खुलेको छैन । यद्यपि, कम्तीमा १० जनासम्म आकांक्षी पुग्ने आकालन गरिएको छ ।

बुझिएअनुसार अहिलेसम्म पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, प्रदेश सदस्य र ०७९ का उम्मेदार जेपी गुप्ता (शेखर), रूपन्देही क्षेत्र नं ३ का सभापति मधु अर्याल, प्रदेश सदस्य प्रकाश ज्ञवाली, प्रदेश विभाग सदस्य डा.योगेन्द्र अग्रहरी, महिला नेतृ ज्ञानु पौडेल, पार्टीको जिल्ला कोषाध्यक्ष रहेकी भैरहवाकै रचना थापा, डा. लेखजंग थापा, अमेरिकाबाट निर्वाचनकै लागि आएका बुटवल सेमलारका शुलभ खरेल, भैरहवाका पार्थीवेन्द्र उपाध्यायको नाम चर्चामा छ ।

सुरूमा रूपन्देही बाहिरका पनि उम्मेदवार उठाउन सक्नेगरी छलफल चलाइएको थियो । तर, बाहिरी उम्मेदवार बनाउँदा राम्रो सन्देश नजाने भन्दै अहिले नेताहरूले स्थानीय उम्मेदारलाई नै प्राथमिकता दिएका छन् । अहिलेसम्म आकांक्षी आफैँले दाबेदारी गरेका छैनन् ।

पार्टीको विधिभन्दा बाहिर गएर पहिले प्रचार नगर्न नेताहरूले पहिले नै निर्देशित गरेका थिए । रास्वपाले यसअघि राप्रपा दिवंगत नेता दीपक बोहराका छोरा पाइलट गौरव बोहरालाई अघि सार्न खोजेको थियो । यसअघिको उपनिर्वाचनमा रास्वपाले तनहुँ र चितवनमा सफलता पाएपनि इलाम र बारामा पराजय भोगेको थियो ।

अहिले रूपन्देही–३ उपचुनावलाई संगठन विस्तार र पुनः जनमत निर्माणको अवसरका रूपमा लिएको नेताहरूले बताएका छन् । रास्वपाले निर्वाचन जित्ने लक्ष्य बनाएपनि अहिले चर्चामा रहेकाहरूबाट मूल नेतृत्व सन्तुष्ट छैन । यो बीचमा जिल्ला बाहिरबाट प्रभावशाली नेता आउनसक्ने संभावना पनि यथावत छ ।

अहिले संसदीय दल वैठकको बहानामा आएका रास्वपा शीर्ष नेताहरू उपचुनाव केन्द्रित हुँदै लगातार रूपन्देही–३ का विभिन्न स्थानमा पुगेका छन् ।

भैरहवा कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग समेत भेटेका उनीहरूले उपचुनाव मुख्य विषय भएको प्रतिक्रिया दिएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT