Techie IT
Thursday, December 18, 2025 | बिहीबार, पुस ३, २०८२
२०८२ पुस ३, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रभ्रम फैलाउनेविरुद्ध १० करोड क्षतिपूर्ति मागसहित फेसियल हाउस पुग्यो साइबर ब्युरो

भ्रम फैलाउनेविरुद्ध १० करोड क्षतिपूर्ति मागसहित फेसियल हाउस पुग्यो साइबर ब्युरो


काठमाडौं । देशभर सौन्दर्य सेवा प्रदान गर्दै आएको नेपालकै ‘नम्बर १’ ब्युटी सलुन फेसियल हाउस’ ले आफ्नो नाम र प्रतिष्ठामा आँच पुग्ने गरी भ्रामक प्रचार सामग्री बनाइ सामाजिक सञ्जालमा पोष्ट गर्नेहरूविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ ।

फेसियल हाउसले संस्थाविरुद्ध अफवाह फैलाएर बदनाम गर्न खोज्नेहरूविरुद्ध साइबर व्युरो र अदालतमार्फत कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) की सचिव तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराका अनुसार हाल विभिन्न व्यक्तिहरूले फेसियल हाउससँग कुनै पनि औपचारिक सम्बन्ध नराखी संस्थाको नाम र लोगो दुरुपयोग गरेर सामाजिक सञ्जालहरूमा झुटा भिडिओ क्लिप तथा सामग्रीहरू पोस्ट गरिरहेका छन् ।

उनले भनेकी छिन्, ‘संस्थाको छविमा आँच पुर्‍याउने जस्ता अनावश्यक गतिविधि कुनै हालतमा स्वीकार्य छैन । यस्ता कार्य गर्नेहरूमाथि प्रत्येक व्यक्तिको हकमा १० करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग गर्दै साइबर ब्युरो र अदालतमार्फत प्रक्रिया अगाडि बढाइएको छ ।’

फेसियल हाउसले आम सेवाग्राही तथा नागरिकहरूलाई यस्ता ‘फेक’ प्रचारप्रति सचेत रहन आग्रह गरेको छ । साथै, भविष्यमा कुनै गुनासो वा प्रश्न भएमा फेसियल हाउसको आधिकारिक कार्यालयमा सम्पर्क गर्न प्रबन्ध निर्देशक महराले अनुरोधसमेत गरेकी छिन् ।

‘यस्ता गतिविधिहरूले संस्थाको मात्र नभई देशभर सौन्दर्य व्यवसायमा लागेका महिलाहरूको आत्मबलमा आँच पुर्‍याउने भएकाले सत्यको पक्षमा उभिएर कानुनी बाटो अपनाउन बाध्य भएका हौँ,’ महराले भनिन् । उनका अनुसार फेसियल हाउसले देशभर १० वटा शाखामार्फत उद्यमशीलताको विकासमा टेवा पुर्‍याउँदै करिब २०० जना भन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ ।

यस्ता उच्छृङ्खल गतिविधिले देशभरका शाखाहरूमा असर पार्ने भएकाले कानुनी प्रक्रियामार्फत माग गरिएको १० करोड रुपैयाँ क्षतिपूर्ति भराएरै छोडिने चेतावनी प्रबन्ध निर्देशक महराको छ । ‘संस्थाको छवीमा आँच पुर्‍याउने जस्ता गतिविधि कुनै हालतमा स्वीकार्य छैन । यस्ता कार्य गर्नेहरूमाथि प्रत्येक व्यक्तिको हकमा १० करोड रुपैयाँबराबरको क्षतिपूर्ति माग गर्दै साइबर ब्युरो र अदालतमार्फत कानुनी प्रक्रिया अगाडि बढाइएका हौँ,’ उनले दोहोर्‍याइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

एमालेको मतदानमा मोबाइल लान बन्देज

नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ ।

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

Techie IT