Techie IT
Saturday, June 13, 2026 | शनिबार, जेठ ३०, २०८३
२०८३ जेठ ३०, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रभ्रम फैलाउनेविरुद्ध १० करोड क्षतिपूर्ति मागसहित फेसियल हाउस पुग्यो साइबर ब्युरो

भ्रम फैलाउनेविरुद्ध १० करोड क्षतिपूर्ति मागसहित फेसियल हाउस पुग्यो साइबर ब्युरो


काठमाडौं । देशभर सौन्दर्य सेवा प्रदान गर्दै आएको नेपालकै ‘नम्बर १’ ब्युटी सलुन फेसियल हाउस’ ले आफ्नो नाम र प्रतिष्ठामा आँच पुग्ने गरी भ्रामक प्रचार सामग्री बनाइ सामाजिक सञ्जालमा पोष्ट गर्नेहरूविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ ।

फेसियल हाउसले संस्थाविरुद्ध अफवाह फैलाएर बदनाम गर्न खोज्नेहरूविरुद्ध साइबर व्युरो र अदालतमार्फत कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) की सचिव तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराका अनुसार हाल विभिन्न व्यक्तिहरूले फेसियल हाउससँग कुनै पनि औपचारिक सम्बन्ध नराखी संस्थाको नाम र लोगो दुरुपयोग गरेर सामाजिक सञ्जालहरूमा झुटा भिडिओ क्लिप तथा सामग्रीहरू पोस्ट गरिरहेका छन् ।

उनले भनेकी छिन्, ‘संस्थाको छविमा आँच पुर्‍याउने जस्ता अनावश्यक गतिविधि कुनै हालतमा स्वीकार्य छैन । यस्ता कार्य गर्नेहरूमाथि प्रत्येक व्यक्तिको हकमा १० करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग गर्दै साइबर ब्युरो र अदालतमार्फत प्रक्रिया अगाडि बढाइएको छ ।’

फेसियल हाउसले आम सेवाग्राही तथा नागरिकहरूलाई यस्ता ‘फेक’ प्रचारप्रति सचेत रहन आग्रह गरेको छ । साथै, भविष्यमा कुनै गुनासो वा प्रश्न भएमा फेसियल हाउसको आधिकारिक कार्यालयमा सम्पर्क गर्न प्रबन्ध निर्देशक महराले अनुरोधसमेत गरेकी छिन् ।

‘यस्ता गतिविधिहरूले संस्थाको मात्र नभई देशभर सौन्दर्य व्यवसायमा लागेका महिलाहरूको आत्मबलमा आँच पुर्‍याउने भएकाले सत्यको पक्षमा उभिएर कानुनी बाटो अपनाउन बाध्य भएका हौँ,’ महराले भनिन् । उनका अनुसार फेसियल हाउसले देशभर १० वटा शाखामार्फत उद्यमशीलताको विकासमा टेवा पुर्‍याउँदै करिब २०० जना भन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ ।

यस्ता उच्छृङ्खल गतिविधिले देशभरका शाखाहरूमा असर पार्ने भएकाले कानुनी प्रक्रियामार्फत माग गरिएको १० करोड रुपैयाँ क्षतिपूर्ति भराएरै छोडिने चेतावनी प्रबन्ध निर्देशक महराको छ । ‘संस्थाको छवीमा आँच पुर्‍याउने जस्ता गतिविधि कुनै हालतमा स्वीकार्य छैन । यस्ता कार्य गर्नेहरूमाथि प्रत्येक व्यक्तिको हकमा १० करोड रुपैयाँबराबरको क्षतिपूर्ति माग गर्दै साइबर ब्युरो र अदालतमार्फत कानुनी प्रक्रिया अगाडि बढाइएका हौँ,’ उनले दोहोर्‍याइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT