Techie IT
Wednesday, July 22, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रइसाइको स्कुल भनेर चिनिएको सेन्ट मेरिजभित्र चिहानका बेग्लै जग्गा

इसाइको स्कुल भनेर चिनिएको सेन्ट मेरिजभित्र चिहानका बेग्लै जग्गा


काठमाडौं । ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिज स्कुलभित्र चिहानका लागि बेग्लै जग्गा लिएको खुलेको छ । इसाइको स्कु्ल भनेर चिनिएको सेन्ट मेरिजभित्र चिहानका लागि बेग्लै जग्गा लिएको खुलेपछि कतिपय विद्यार्थीसँगै अभिभावक आतंकीत भएका छन् ।

एक सय ७२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त विद्यालयका निम्ति झण्डै तीन सय रोपनी छुट्याइएको छ जग्गा छ । जसको मध्यभागमा दुई रोपनी जग्गा चिहानका निम्ति छुट्याइएको पाइएको हो ।

उक्त जग्गालाई वैधानिक बनाउन अहिले निकै कसरत भइरहेको छ । सामाजिक संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएको सेन्ट मेरिज स्कूल क्रिश्चियन मिसनरी कार्यक्रमअन्तर्गत सञ्चालित छ ।

सर्वप्रथम जावलाखेलमा खुलेको सेन्ट मेरिजले अन्य जिल्लामा पनि सेवा विस्तार गरेको छ । कास्कीको पोखरा, मोरङको विराटनगर र गोरखा नगरपालिका–११, नागपानीमा पठनपाठन गराउन थालेको दशकौं भइसकेको छ । विद्यालय प्रशासनले अहिले उक्त जग्गालाई वैधानिक बनाउन अनेक चलखेल गरिरहेको छ ।

यतिसम्म कि, चिहानको वैधानिकताकै निम्ति तीन वर्षदेखि कानुनी लडाइँ नै चलिरहेको छ । उनीहरु अहिले दिनैपिच्छेजसो ललितपुर महानगरपालिका, समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय ललितपुर र मालपोत कार्यालय धाइरहेका छन् । तर, चिहानका लागि स्वीकृति दिन कुनै पनि निकाय तयार नभएको बुझिएको छ ।

बुझिएअनुसार अख्तियार लाग्ने डरले सबै निकायका हाकिम वैधानिकता दिन हच्किएका छन् । नेपालमा हिन्दू धर्मावलम्बी धेरै भएकाले शव जलाउने चलन छ । ठाउँ–ठाउँमा आर्यघाट निर्माण गरिए पनि चिहान प्रायः सबैतिर देखिँदैन ।

नेपालको संविधान, २०७२ ले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको छ । क्रिश्चियन धर्म मान्नेहरूको संख्या बढ्दो छ । तर, क्रिश्चियन धर्मावलम्बीका लागि शव गाड्ने समाधिस्थलको अभाव छ ।

त्यसैले विद्यालयमै चिहान बनाउन खोजेको बुझिएको छ । नेपालमा पहिलो कूटनीतिक नियोगका रूपमा ब्रिटिश लिगेशन स्थापना भएपछि चिहान बनाइएको थियो ।

काठमाडौंस्थित भारतीय र ब्रिटिश दूतावासपछाडि रानीवन आसपास बेलायतीहरूको शव गाड्ने गरिन्थ्यो । ठाउँको अभाव भएपछि एकताका हिन्दू धर्मावलम्बीको तीर्थस्थल पशुपतिनाथ मन्दिरमा पनि चिहान निर्माण गर्नुपर्ने आवाज उठेको थियो ।

त्यहाँ चिहान निर्माणको काम नै सुरु गरिएको थियो । स्वीकृतिबेगर सिमेण्ट, कंक्रिट, फलामे डण्डी प्रयोग गरेर चिहान बनाउन थालेपछि पशुपति क्षेत्र विकास कोषले रोकेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

Techie IT