Techie IT
Saturday, October 18, 2025 | शनिबार, कात्तिक १, २०८२
२०८२ कात्तिक १, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रचण्डले विद्या भण्डारीलाई प्रयोग गरेर एमाले हुँडल्न खोजेको शंका

प्रचण्डले विद्या भण्डारीलाई प्रयोग गरेर एमाले हुँडल्न खोजेको शंका


काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी पुनः राजनीतिमा सक्रि हुन लागेसँगै राजनीतिक वृत्त नराम्ररी गर्माएको छ । राजनीतिमा भण्डारीको पुनरागमनलाई कतिपयले अपरिहार्य भनेका छन् भने कतिपयले अस्वभाविक भनेर तर्क गरिरहेका छन् ।

बाहिर जे जे भए पनि एमालेभित्र यसले अनपेक्षित तरंग ल्याएको छ । यससँगै नेपालमा वामएकताको झ्याली पिट्नेहरुले पनि भण्डारीको राजनीतिक पुनरागमनलाई स्वर्णिम सम्भावनाका रुपमा लिएका छन् । यतिसम्म कि, एकाथरीले त भण्डारीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयोग गरेको अर्थमा समेत बुझेका छन् ।

यसअघि माधवकुमार नेपाललाई प्रयोग गरेर एमाले कब्जा गर्ने रणनीति असफल भएपछि प्रचण्डले अपनाएको दोस्रो ट्याक्टिसका रुपमा पनि यसलाई हेरिएको छ ।

भण्डारीलाई एमालेको नेतृत्वमा पुर्याउने, वामएकताको नाममा माओवादी–एकीकृत समाजवादीसँग एकता गराउने, एकतापछि त्यसको नेतृत्व प्रचण्डले गर्ने रणनीतिका साथ अहिलेका गतिविधि भइरहेको आकलन पनि गरिएको छ । यी सबै अनुमानहरु सत्य नहुन सक्छन् । तर, विद्या भण्डारीको पुनरागमनले एमालेमा तनाव बढेको चाहिँ सत्य हो ।

भण्डारीको त्रासकै कारण एमालेले विधानबाट ७० वर्षे उमेर हद र दुई कार्यकाल मात्रै अध्यक्ष हुन पाउने व्यवस्था नै परिवर्तन गर्दैछ । अर्थात्, एक खेमाका नेताहरुले ओलीलाई नै फेरि अध्यक्ष बनाउन खोजिरहेका छन् ।

अहिले बुझिएअनुसार भण्डारीका पक्षमा नेताहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण बिष्ट र रघुवीर महासेठ खुलेर लागेका छन् ।

त्यसैगरी अध्यक्ष ओलीका पक्षमा उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट र पद्माकुमारी अर्यालहरु लागेका छन् ।

उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल र गुरु बराल तटस्थ जस्तै छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँगै सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्माले प्रष्टसँग मुख खोलेका छैनन् ।

त्यस्तै भण्डारीको पक्षमा पोलिट्युवरो सदस्यहरु युवराज ज्ञवाली, कर्ण थापा, गोकुल बाास्कोटा, आनन्द पोखरेल, सीता पौडेल, पुरुषोत्तम पौडेल र अरुण नेपाल खुलेका छन् भने ओलीको पक्षमा प्रदीप ज्ञवाली, विष्णु रिमाल, महेश बस्नेत र सूर्य थापालगायत छन् ।

यसरी पार्टी अध्यक्ष ओली र भण्डारीको पक्ष–विपक्षमा नेताहरु कित्ताकाट हुँदा कार्यकर्ता भने निराश भएका छन् ।
०००






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आइजिपी दानबहादुर कार्कीविरुद्ध पनि प्रहरीमा उजुरी, जेन जी आन्दोलन सघाएर…

काठमाडौं । विवादित आइजिपी दानबहादुर कार्कीविरुद्ध पनि प्रहरीमा जाहेरी परेको छ । कार्कीले भदौ २३ र २४ गते भएको जेन

ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति…

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा

काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को…

काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा

जिबी राईलाई नेपाल ल्याउने बाटो खुल्यो, के छ सरकारको तयारी…

काठमाडौं । सरकारले ११ वटा देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै मलेसियामा रहेका सहकारी ठगीका फरार अभियुक्त जिबी राइलाई नेपाल

फागुन २१ मा चुनाव नहुने करिब निश्चित, वैशाखसम्म सार्न कांग्रेस…

काठमाडौं । फागुन २१ गते संसदीय चुनाव हुने संभावना क्षिण हुँदै गएको छ । नेपाली कांग्रेसको बैठकमा समेत फागुन २१

एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा…

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि पक्रने रणनीतिमा छन्, अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल । तर कस्तो मुद्दा

Techie IT