Techie IT
Tuesday, September 2, 2025 | मंगलबार, भदौ १७, २०८२
२०८२ भदौ १७, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती

एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती

ओलीको साथ नपाउन्जेल सास्तीको संकेत


काठमाडौं । एमालेको राजनीतिमा पुनरागमन गर्न लागेकी पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि चुनौतीको चाङ नै लागेको छ । अहिलेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक नभएसम्म भण्डारीलाई एमालेको राजनीतिमा सक्रिय हुन निकै चुनौती देखिएको हो । एक हिसाबमा विद्यालाई पार्टी प्रणालीको प्रक्रिया पूरा गर्न संस्थापन पक्षले चुनौती नै दिएको छ ।

अहिले पार्टी सदस्य मात्रै भएकी विद्या सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा सहभागी हुन पाउने छैनन् ।

भदौमा हुने विधान महाधिवेशनमा १० औं महाधिवेशनका प्रतिनिधि मात्रै सहभागी हुन पाउँछन् । विद्या अघिल्लो महाधिवेशनकी प्रतिनिधि पनि होइनन् । यसैले उनका निम्ति विधान महाधिवेशनको ढोका पनि खुल्ने छैन । अब बैठकको तयारीका लागि आवश्यकता महसुस गरिए सचिवालय र स्थायी कमिटीको बैठक बस्नेछ ।

साउन २ गते पोलिटब्युरो र ५ गतेदेखि केन्द्रीय कमिटीको बैठक बस्दैछ । यी बैठकले विद्याका लागि औपचारिक निर्णय नगरे विधान महाधिवेशनमा उनले सहभागिता जनाउन पाउने छैनन् । अर्कातिर, भण्डारी ७० वर्षे उमेरहद हटोस् र दुईपटकको कार्यकाल नहटोस् भन्नेमा छिन् ।

तर, संस्थापन पक्ष झन् कठोर हुने तयारीमा छ । महासचिव शंकर पोखरेलले विधान महाधिवेशनबाट ७० वर्षे उमेरहद हट्ने प्रस्ट्याएका छन् । आइतबार नै भएको एक कार्यक्रममा पोखरेलले विधान महाधिवेशनमा नेतृत्वका लागि ७० वर्षे उमेरहद हटाउन प्रस्ताव लाने बताएका हुन् । यस्तोमा भण्डारीले गरेको यो अपेक्षा पनि पूरा नहुने भएको छ ।

एमालेले विधान संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा विधान मस्यौदा समिति बनाएको छ । र, बुभिएअनुसार राष्ट्रपति वा साझा पदमा गइसकेकाको विषयमा परिभाषित गर्नेसम्मको तयारी भएको छ । त्यस्तै अहिले विद्या भण्डारीले पार्टी अध्यक्ष ओलीसँग भेट्न प्रयास गरिरहेकी छिन् । तर ओलीले भण्डारीसँग भेट्न चाहिरहेका छैनन् ।

राजनीतिमा सक्रिय हुने भने पनि संस्थापन पक्ष सन्तुष्ट नभएसम्म भण्डारीलाई गाह्रै पर्ने देखिन्छ । माओवादीले जसरी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा स्वागत गर्यो, विद्या भण्डारीलाई पनि एमालेले त्यसैगरी स्वागत गर्ने अपेक्षा थियो ।

तर, परिणाम त्यस्तो भएन । समग्रमा भन्नुपर्दा, केपी ओली फेरि एमालेको नेतृत्वमा दोहोरिने कुरा ठिक नभए पनि राष्ट्रपति भइसकेको मान्छे गुट राजनीतिमा झर्नु पनि गलतै हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अफगानिस्तानमा ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प

काठमाडौं । अफगानिस्तानम ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा पाँच सयभन्दा बढीको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

३० लाखको भवन बनाउँदा २७ लाख भ्रष्टाचार, तीन जिशिअसहित १३…

काठमाडौं । ३० लाख रुपैयाँको बजेटमा दुई लाख ७२ हजार रुपैयाँबराबरको काम गरेर बाँकी बजेट भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध

राजसंस्था फर्काउने आन्दोलन समितिको कार्यवाहक संयोजकमा डा. धवलशम्शेर

काठमाडौं । राजसंस्था फर्काउने आन्दोलनको लागि गठित संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक डा.धवलशम्शेर राणा तोकिएका छन् । समितिका संयोजक नवराज

रास्वपा केन्द्रीय सदस्य गणेश कार्की भन्छन्– रुपन्देही– ३ को उम्मेदवार…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले रूपन्देही– ३ का लागि उम्मेदवार छनोट प्रक्रियाबारे छानबिन गरेर निष्कर्षमा

नियमविपरीत महानगरको खर्चमा बालेनका स्वकीय सचिव भूपदेव विदेशतिर, कर्मचारी रुष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका स्वकीय सचिव भूपदेव शाह विदेश पुगेका छन् । बालेनको निजी सहायकका रुपमा नियुक्त

लेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका

विवादित रास्वपा उम्मेदवार लेखजंग थापाको नियतमाथि रास्वपाका नेता–कार्यकर्ताले नै शंका गरेका छन् । बहुपत्नीको आरोप खेपिरहेका थापाले पार्टीको बैठकमा उपस्थित

Techie IT