Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरकार एक वर्ष पुगेको उपलक्ष्यमा मन्त्रीहरु फेर्दै प्रधानमन्त्री 

सरकार एक वर्ष पुगेको उपलक्ष्यमा मन्त्रीहरु फेर्दै प्रधानमन्त्री 

कांग्रेस र एमालेबीच गृह र अर्थमन्त्री साट्ने चर्चा, बाहिरिने र भित्रिने मन्त्रीको सूची बन्दै


काठमाडौं । सरकारको एक वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्न लागेका छन् । सत्ता साझेदार कांग्रेस र एमालेबीच प्रधानमन्त्रीबाहेक अधिकांश मन्त्री फेर्ने सहमति भएको हो ।

चर्चाअनुसार एमाले र कांग्रेसले गृह र अर्थमन्त्री साट्ने तयारी गरेका छन् । तर, यसमा कुरा मिलिसकेको छैन । एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र कांग्रेसबाट परराष्ट्रमन्त्री बनेकी आरजु राणाबाहेक अरु मन्त्री फेर्ने विषयमा पनि कुरा भएको बुझिएको छ ।

त्यस्तै एमालेबाट सञ्चारमन्त्री भएका पृथ्वीसुब्बा गुरुङ र कांग्रेसबाट गृहमन्त्री भएका रमेश लेखकलाई सकेसम्म नहटाउने गरी गृहकार्य भइरहेको छ । अहिले एमालेबाट सरकारमा अर्थमन्त्री विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, शिक्षामन्त्री रघुजी पन्त, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षा मानवीर राई छन् ।

एक वर्षपछि सबैलाई हटाएर नयाँ ल्याउने मापदण्ड बन्यो भने रघुजीबाहेक बाँकी फालिनेछन् । सामान्य प्रशासनमन्त्री गुप्ताले भने मंगलबार पदबाट राजीनामा दिएका छन् । यस्तो अवस्थामा एमालेबाट झापाका एसपी साँवा र ताप्लेजुङका योगेश भट्टराई नयाँमन्त्री बन्ने सम्भावना प्रबल छ । त्यस्तै प्युठानका सूर्य थापा पनि मन्त्री बन्ने चर्चा छ ।

यता प्रकाशमान सिंहको नेतृत्वमा १० मन्त्रालयसहित सरकारमा रहेको कांग्रेसतिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, खेलकुदमन्त्री तेजुलाल चौधरीहरूको कामप्रति असन्तुष्टि छ ।

महाधिवेशनमा सघाएको गुन तिर्न देउवाले विश्वास गरेर पठाएका प्रकाशमानले पनि सोचेजस्तो गरेनन् भन्नेहरू क्रमशः खुल्न थालेका छन् । उनको ठाउँमा आरजुलाई उपप्रधानमा उकालेर देउवाको गृह प्रदेशका वीरबहादुर बलायर र एनपी साउदमध्ये एक जनालाई लैजाने सम्भावनाको चर्चा छ ।

देउवाको दाहिना हात भनिएका साउद रमेश लेखक गृहमन्त्री भएपछि बिच्किएर शेखर कोइरालातिर लागेका छन् । यसबीच ज्ञानेन्द्रबहादुर कार्कीले पनि रहर गरेको बुझिन्छ । तर, उदय समशेर राणाको सम्भावना उत्तिकै छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT