Techie IT
Saturday, June 13, 2026 | शनिबार, जेठ ३०, २०८३
२०८३ जेठ ३०, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय

ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय

तर किन विस्फोट भइरहेछन् शंकर पोखरेल र भानुभक्त ढकाल ?


काठमडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुने घोषणाले नेपाली राजनीति नै तरंगित भएको छ । खासगरी एमालेभित्र भण्डारीको आगमनले ठूलो हुण्डरीनै ल्याएको छ ।

अझ हालसालै एक अन्तरवार्तामा भण्डारीले आफू एमालेको नेतृत्व गर्नकै लागि राजनीतिकमा सक्रिय भएको बताएसँगै राजनीतिक बजार नराम्ररी गर्माएको छ । यसअघि आफू एमालेको कार्यकर्ता भएको बताउँदै आएकी भण्डारीले आफू पार्टी अध्यक्ष हुनकै लागि एमालेको राजनीतिमा फर्किएको बताएकी हुन् ।

हुन पनि यसअघि उपाध्यक्ष भइसकेकी भण्डारीले अब पार्टी नेतृत्वको आश गर्नु अस्वभाविक होइन । अझ उनले भनेकी छिन्– केपी शर्मा ओली दुईपटक अध्यक्ष भइसक्नु भयो । उहाँ एउटै कक्षामा धेरैपटक पढ्ने मान्छे पनि होइन । अब मैले नेतृत्व गर्ने कुरा अस्वभाविक हुँदैन ।

कतिपयले त पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष ओलीकै डिजाइनमा राजनीतिमा सक्रिय हुन लागेको टिप्पणी पनि गरिरहेका छन् । विगतदेखि नै आपसमा एकदमै निकट सम्बन्ध भएका ओली र भण्डारीले पक्कै पनि आपसमा सल्लाह गरेका होलान् । अझ यसअघि प्रधानमन्त्री ओलीले अब देशमा छिट्टै महिला प्रधानमन्त्री हुने बताएका थिए ।

त्यतिबेला पनि ओलीको भनाइलाई विद्या भण्डारीमैत्री बनाएर हेरिएको थियो । दुईपटक अध्यक्ष भइसकेका ओलीले आफ्नो उत्तराधिकारीका रुपमा विद्यालाई अघि सार्न खोजेको बुझ्नु स्वभाविक नै छ । तर, अहिलेका महासचिव शंकर पोखरेलसँगै भानुभक्त ढकाललगायत केही नेताहरु पनि विद्या भण्डारीको विपक्षमा नै बोल्न थालेका छन् ।

७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने पार्टीको व्यवस्थाका विरुद्धमा पनि उनीहरुले अभिव्यक्ति दिइरहेका छन् । उनीहरुले केपी ओलीलाई रिझाउन खोज्दा पार्टीलाई हानि पुर्याइरहेका त छैनन् भन्ने प्रश्न पनि उब्जिएको छ । अहिले एमाले एकाथरी मान्छेहरु विद्या भण्डारीलाई गतिलो छहारी मानिरहेका छन् ।

खासगरी एन्टीओली एमालेलाई भण्डारीको आगमन दसैं आएजस्तो भएको छ । तर त्यो पनि सत्य चाहिँ होइन । बरु घटनाक्रमहरुले बताउँछ कि, अहिलेका एमाले अध्यक्ष ओलीकै डिजाइनमा विद्या भण्डारी राजनीतिमा सक्रिय हुन लागेका हुन् । र, उनी अध्यक्ष हुँदा ओलीकै समर्थनमा हुनेछिन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT