Techie IT
Saturday, June 13, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रवाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

एमालेमा फाटो ल्याउन चालेको चालबाजी भएको कतिपयको बुझाइ


काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर नै वाम एकताको प्रस्ताव राखेका हुन् । भण्डारीलाई भेटेर वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वाम एकता सम्भव भएकाले थप पहल गर्न आग्रह गरेका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले भने अहिले नै यो विषयमा आफूले सोचिनसकेको बताएकी थिइन् । श्रेष्ठले केही दिनअघि नै भण्डारीलाई भेटेर यस्तो प्रस्ताव गरेको बुझिएको छ । वाम एकताको प्रस्ताव गरेर श्रेष्ठ विदेश गएका छन् । माओवादी केन्द्र तथा अन्य वामपन्थी दलका नेताहरूले विद्या भण्डारीको नेतृत्वमा वाम एकता गर्न सकिने आशयका अभिव्यक्तिहरू दिने गरेका छन् । माओवादीमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः पुसदेखि नै राजनीतिमा सक्रिय भइसकेका छन् ।

पूर्वराष्ट्रपति भण्डारी भने विधान महाधिवेशनदेखि सक्रिय हुने तयारीमा रहेकी छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति निवासमै पुगेर वाम एकताको प्रस्ताव राख्नुले एमालेलाई दुई धारमा ल्याउन माओवादी केन्द्रले भित्रभित्रै खेल्न खोजेको अर्थमा पनि बुझिएको छ । पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्कने घोषणा गरेपछि राजनीतिक भेटघाटले तीव्रता पाएको छ । एमाले, माओवादी केन्द्र र अन्य दलका नेताहरूले समेत भण्डारीसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीले पनि भेटघाटलाई सहज बनाउँदै लगेकी छन् । राजनीतिक चासो र चिन्ता भएका व्यक्तिहरूले भेटघाटलाई तीव्रता दिइरहेका बेला काठमाडौंका महानगरपालिकाका मेयर बालेन साहले पनि भण्डारीसँग भेटघाट गरेका छन् । बिहीबार दिउँसो नेकपा एमालेका एक नेतालाई साथ लिएर गएका बालेनले पूर्वराष्ट्रपति भण्डारीसँग करिब एक घण्टा बिताएका थिए ।

पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाटमा लागि काठमाडौंका एक नेताले समय मिलाएका थिए। उनै नेताले बालेनलाई लिएर पुगेका थिए । बुझिएअनुसार काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित एमाले सांसद कृष्णगोपाल श्रेष्ठ बालेनलाई लिएर भंगाल पुगेका थिए । पूर्वराष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै सरकारले दिएको सेवासुविधा फिर्ता गरेकी थिइन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनले पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिएको बुझिएको छ । यसँगै उनीहरूबिच राजनीतिकलगायत काठमाडौं महानरपालिकामा बजेट समयमा आउन नसक्नुको कारण र समाधानको विषयमा पनि कुराकानी भएको बताइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT