Techie IT
Monday, September 1, 2025 | सोमबार, भदौ १६, २०८२
२०८२ भदौ १६, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रवाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

एमालेमा फाटो ल्याउन चालेको चालबाजी भएको कतिपयको बुझाइ


काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर नै वाम एकताको प्रस्ताव राखेका हुन् । भण्डारीलाई भेटेर वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वाम एकता सम्भव भएकाले थप पहल गर्न आग्रह गरेका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले भने अहिले नै यो विषयमा आफूले सोचिनसकेको बताएकी थिइन् । श्रेष्ठले केही दिनअघि नै भण्डारीलाई भेटेर यस्तो प्रस्ताव गरेको बुझिएको छ । वाम एकताको प्रस्ताव गरेर श्रेष्ठ विदेश गएका छन् । माओवादी केन्द्र तथा अन्य वामपन्थी दलका नेताहरूले विद्या भण्डारीको नेतृत्वमा वाम एकता गर्न सकिने आशयका अभिव्यक्तिहरू दिने गरेका छन् । माओवादीमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः पुसदेखि नै राजनीतिमा सक्रिय भइसकेका छन् ।

पूर्वराष्ट्रपति भण्डारी भने विधान महाधिवेशनदेखि सक्रिय हुने तयारीमा रहेकी छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति निवासमै पुगेर वाम एकताको प्रस्ताव राख्नुले एमालेलाई दुई धारमा ल्याउन माओवादी केन्द्रले भित्रभित्रै खेल्न खोजेको अर्थमा पनि बुझिएको छ । पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्कने घोषणा गरेपछि राजनीतिक भेटघाटले तीव्रता पाएको छ । एमाले, माओवादी केन्द्र र अन्य दलका नेताहरूले समेत भण्डारीसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीले पनि भेटघाटलाई सहज बनाउँदै लगेकी छन् । राजनीतिक चासो र चिन्ता भएका व्यक्तिहरूले भेटघाटलाई तीव्रता दिइरहेका बेला काठमाडौंका महानगरपालिकाका मेयर बालेन साहले पनि भण्डारीसँग भेटघाट गरेका छन् । बिहीबार दिउँसो नेकपा एमालेका एक नेतालाई साथ लिएर गएका बालेनले पूर्वराष्ट्रपति भण्डारीसँग करिब एक घण्टा बिताएका थिए ।

पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाटमा लागि काठमाडौंका एक नेताले समय मिलाएका थिए। उनै नेताले बालेनलाई लिएर पुगेका थिए । बुझिएअनुसार काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित एमाले सांसद कृष्णगोपाल श्रेष्ठ बालेनलाई लिएर भंगाल पुगेका थिए । पूर्वराष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै सरकारले दिएको सेवासुविधा फिर्ता गरेकी थिइन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनले पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिएको बुझिएको छ । यसँगै उनीहरूबिच राजनीतिकलगायत काठमाडौं महानरपालिकामा बजेट समयमा आउन नसक्नुको कारण र समाधानको विषयमा पनि कुराकानी भएको बताइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित

काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका

नेपाल आइडलको फाइनल आज, कसले मार्ला बाजी ?

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा

तपाईंको शरीरमा पनि बेला–बेला काँडा उम्रन्छ ? यस्तो हुनसक्छ कारण

काठमाडौं । जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ ।

आजदेखि अमेरिकाले भारतलाई लगायो ५० प्रतिशत कर, भारतको असन्तुष्टि

काठमाडौं । अमेरिकाले भारतविरुद्ध थप गरेको २५ प्रतिशत भन्सार कर आज अगस्ट २७ देखि लागू गर्ने जनाएको छ । अमेरिकालेसूचना

सिन्धुपाल्चोकको चौतारा नगरपालिकाकामा माओवादीको मनलाग्दी, कार्यकर्तालाई दोहोरो नियुक्ति 

काठमाडौं । चौतारा साँगाचोक गढी नगरपालिकाले आफ्ना राजनीतिक कार्यकर्ता पाल्न कानुनविपरीत बजेट खर्च गरेको महालेखा प्रतिवेदनमार्फत खुलासा भएको छ ।

लिपुलेक प्रकरणमा रास्वपासँगै बालेन पनि चुपचाप, नियतमाथि उठ्यो प्रश्न

काठमाडौं । अहिले नेपाल र भारतबीच सीमा विवाद चर्किएको छ । नेपाललाई थाहै नदिइ नेपाली भूभाग लिपुलेकमा भारत र चीनले

Techie IT