Techie IT
Sunday, December 7, 2025 | आईतबार, मंसीर २१, २०८२
२०८२ मंसीर २१, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदेउवा र ओली आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने, पहिला ओलीको पालो ! (भिडिओसहित)

देउवा र ओली आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने, पहिला ओलीको पालो ! (भिडिओसहित)

सरकारको नेतृत्व गर्ने दलको भागमा १० र सहयोगीको भागमा ११ मन्त्रालय


काठमाडौं । फेरि सत्तासमीकरण फेरबदलको हल्लाले बजार पिटेको छ । खासगरी सत्ताघटक दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच बढेको द्वन्द्वले नयाँ समीकरणको बन्ने सम्भावनालाई बढाएको हो । र, यसका लागि अहिलेको गठबन्धनको विकल्प खोज्न कांग्रेस र एमालेको शीर्ष नेतृत्वबीच शृंखलाबद्ध छलफल भइरहेको छ । दुवै दलका दोस्रो तहका नेताबीचबीच सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मका मुद्दामा सहमति खोज्ने प्रयास भइरहेको छ । उनीहरुबीच सहमति भएमा १०–१५ दिनभित्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बुझिएको छ ।

स–साना दलहरू मिलाएर सरकार चलाउँदा अस्थिरता बढेको र जनमानसमा प्रणालीप्रति वितृष्णा बढेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली नै शृंखलाबद्ध भेटवार्तामा छन् । जसकारण झस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा बोलाएर भेट गरे । भेटमा भएका कुराबारे कुनै नेताले पनि प्रतिक्रिया भने दिएका छैनन् ।

फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएदेखि नै दुई ठूला दलबीच संवादको नयाँ चरण सुरु भएको थियो । तर, दुवैतर्फका नेताले सरकार मात्र होइन, राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा समेत छलफल गर्दै आएका थिए । सुरुमा दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएको भन्दै देउवा र ओलीको भेट बाक्लिएको हो ।

कांग्रेस र एमालेबीच संसद्को बाँकी कार्यकालमा दुवै दलले आधा–आधा कार्यकाल सरकार चलाउने र प्रधानमन्त्री पाउने दलले १० र सहयोग गर्ने दलले ११ मन्त्रालय पाउनेसमेत सहमति भइसकेको छ ।

कांग्रेसभित्र नेता शेखर कोइराला, महामन्त्री गगन थापा र नेता मीनेन्द्र रिजालले सुरुदेखि नै एमालेसँगको सहकार्यमा जोड दिँदै आएका थिए । एमालेबाट ओलीको विश्वासपात्रका रूपमा महासचिव शंकर पोखरेलले कांग्रेस नेताहरूसँग संवाद गरिरहेका छन् ।

अहिले खासगरी धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्ने विषयमा ओली र प्रचण्डबीच टकराव बढेको छ । त्यस्तै बजेटमा ‘जनयुद्ध’ शब्द राखेर त्यसका नाममा बजेट विनियोजन भएको भन्दै ओलीले आपत्ति जनाइरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने…

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ‘ओली कुटी’ प्रति व्यङ्ग्य गर्दै नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

पाईलटहरुलाई आराम गर्ने समय बढाउँदा इन्डिगोका सयभन्दा बढी उडान रद्द

काठमाडौं । भारतमा बुधबार इन्डिगो एयरलाइन्सका दर्जनौं उडानहरू रद्द भएका छन् । उडान रद्द र ढिलाइ हुँदा हजारौं यात्री विमानस्थलमा

अबदेखि रत्नपार्कमा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने

काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो

काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले भर्खरै मात्रै सार्वजनिक गरेको अद्यावधिक दलको

शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने समर्थन भने ओलीलाई नै गर्ने

काठमडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै

लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट

Techie IT