Techie IT
Thursday, June 26, 2025 | बिहीबार, असार १२, २०८२
२०८२ असार १२, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन

अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन

डिपोर्ट भएकामध्ये दाङका मात्रै ५१ जना


काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन भइरहेको छ । विभिन्न सयममा अवैध तरिकाबाट लाखौं खर्चिएर अमेरिका गएका उनीहरुलाई अहिले नेपालमा स्थापित हुन कठिन भएको हो । तथ्यांकअनुसार डिपोर्ट हुने नेपालीमध्ये सबैभन्दा बढी दाङ र रुकुमका छन् ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता त्यहाँबाट ‘डिपोर्ट’ भएर नेपाल फिर्ता हुनेमा २८ जिल्लाका १ सय ६३ नेपालीमध्ये तीन जिल्ला दाङ, पूर्वी रुकुम र पश्चिम रुकुमका सबैभन्दा बढी छन् । ‘डिपोर्ट’ हुनेको संख्या पनि पश्चिम नेपालकै बढी छ ।

अध्यागमन र प्रहरीबाट प्राप्त विवरणमा ‘डिपोर्ट’ भएर आएका दाङका ५१ जना, पश्चिम रुकुमका ३० जना र पूर्वी रुकुमका १३ जना छन् । यसैगरी सल्यानका ९, म्याग्दीका ७, पर्वत, बाँके र रोल्पाका ६–६ जना, बागलुङका ५ र सिन्धुपाल्चोकका ४ जना पनि ‘डिपोर्ट’ मा परेका छन् । यसैगरी काठमाडौं, जाजरकोट र दोलखाका ३–३ जना, कास्की र कैलालीका २–२ जना तथा कञ्चनपुर, गोरखा, जुम्ला, झापा, डोटी, डोल्पा, धनकुटा, पर्सा, मकवानपुर, मुस्ताङ, मोरङ, सिन्धुली र सुनसरीका १–१ जनालाई पनि अमेरिकाले ‘डिपोर्ट’ गरेको हो ।

‘डिपोर्ट’ भएका अधिकांश संगठित गिरोहलाई रकम बुझाएर तल्लो रुटबाट अमेरिका प्रवेश गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अधिकारीहरूका अनुसार ‘डिपोर्ट’ हुने अधिकांश नेपालसहित विभिन्न देशमा सक्रिय गिरोहमार्फत तल्लो रुटबाट अमेरिका पुगेको पाइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले २० जनवरी २०२५ बाट दोस्रो कार्यकाल सुरु गरेलगत्तै नेपालसहित विभिन्न देशबाट अमेरिका पुगेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएपछि हालसम्म १ सय ४६ पुरुष र १७ महिला अमेरिकाबाट निष्कासित भएका हुन् ।

ट्रम्प प्रशासनले चार्टर्ड विमानबाट दुई पटकमा ४५ जना र बाँकीलाई नियमित उडानबाट ‘डिपोर्ट’ गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको जिम्मा लगाएको थियो । २१ फागुन २०८१ मा सात पुरुष र एक महिला गरी ८ जनालाई अमेरिकाले चार्टर्ड विमानबाट ‘डिपोर्ट’ गरेर नेपाल ल्याएको थियो । त्यसको तीन महिनापछि गत जेठ २४ मा पुनः ३२ पुरुष र ५ महिलालाई चार्टर्ड विमानबाटै नेपाल ल्याएर छाडिएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सर्वोच्चले सोध्यो मुकुल ढकाललाई महामन्त्री पदबाट हटाउनुको कारण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश

उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोग फेरि उपनिर्वाचनको तयारीमा जुटेको छ । पछिल्लो समय विभिन्न कालखण्डमा रिक्त भएका निर्वाचित पदहरुमा आयोगले उपनिर्वाचनको

बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर…

काठमाडौं । बालेन शाह इतिहासकै सबैभन्दा असफल मेयरको सूचीमा दर्ज भएका छन् । काठमाडौं महानगरका मेयर शाह असफल हुनुका पछाडि

पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित

मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति

सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार

पाल्पाको रामपुर नगरपालिकाको नौलो प्रयास, दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई…

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष

Techie IT