Techie IT
Friday, August 22, 2025 | बिहीबार, भदौ ५, २०८२
२०८२ भदौ ५, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रविकासे आयोजनाका लागि प्रतिकुल बन्दै सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्र

विकासे आयोजनाका लागि प्रतिकुल बन्दै सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्र

आयोजनाको पक्षमा स्थानीयले लगाए नारा


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे तथा भोटेकोशी विकासको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । अझ यहाँको समृद्धिको मुख्य माध्यम नै जलविद्युत आयोजना हो । तर पछिल्लो अवस्था यस्तो छ कि, यहाँ कुनै पनि आयोजना अघि बढाउन एकदमै कठिन छ । स्थानीय नागरिक आयोजनाको पक्षमा हुँदाहुँदै पनि केही स्वार्थ समूहका कारण यहाँ जुनकुनै प्रोजेक्ट अघि बढाउन असहज छ । त्यसको पछिल्लो उदाहरण हो– आइतबार कालिका इनर्जी प्रालिले आयोजना गरेको सार्वजनिक सुनुवाइमा भएको लफडा ।

यहाँ बन्न लागेको ४६ मेगावाट क्षमताको भोटेकोशी– ५ जलविद्युत् आयोजनाका लागि आइतबार बाह्रविसे नगरपालिकाको प्राङ्गणमा नै सार्वजनिक सुनुवाइको आयोजना गरिएको थियो । तर कार्यक्रम सुरु हुनुभन्दा अघि नै केही मान्छेहरुले हुलदंगा गरेका कारण कार्यक्रम नै स्थगित हुनपुग्यो । आयोजनास्थलका स्थानीय आयोजनाकै पक्षमा हुँदाहुँदै पनि केही स्वार्थ समूहका कारण कार्यक्रमस्थलमा तोडफोडसमेत भएको आयोजनाले जनाएको छ । कार्यक्रमस्थलमा स्थानीयहरुले आयोजनाकै पक्षमा नारासमेत लगाएका थिए ।

सार्वजनिक सुनुवाइबारे आफूहरुलाई जानकारी नदिएको भन्दै केही मान्छेले आयोजनाविरुद्ध पनि नारा लगाएका थिए । तर आयोजनाले एक स्थानीय पत्रिकामा नै सार्वजनिक सुनुवाइको सूचना प्रकाशित गरेको थियो । अब आयोजनाले वडास्तरमा छलफल गरेर सार्वजनिक सुनुवाइको नयाँ मिति तोक्ने जनाएको छ । बाह्रविसे नगरपालिकाकै प्राङ्गणमा आयोजित सार्वजनिक सुनुवाइमा केही स्थानीयले गुण्डागर्दीको शैलीमा अराजकता मच्चाउँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेको आयोजनाको भनाइ छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

फेसबुकमा प्रधानमन्त्रीको आलोचना गरेकै आरोपमा मंगलसिंह पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा सामाजिक अभियन्ता एवं माओवादी कार्यकर्ता मंगलसिह प्रजा पक्राउ

ज्योति मगरको ज्योतिले हल्लियो धेरैको माथिंगल, शरीर अश्लील कि नजर…

काठमाडौं । धेरैले गायिका ज्योति मगरलाई अंग प्रदर्शन गर्ने कलाकारका रुपमा चिन्छन् । तर, पछिल्लो समय एउटा उनले एउटा पडकास्टमा

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा चरम आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाह्रविसे नगरपालिकाका

एमाले सिन्धुपाल्चोक क्षेत्र १ ‘ख’को बैठक सम्पन्न, प्रतिनिधि परिषद् बैठक…

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश ‘ख’ समन्वय कमिटीको बैठक सम्पन्न भएको छ । शनिबार

सरकार ढाल्ने सबै कार्ड फाल्दा पनि असफल भएपछि गले प्रचण्ड

काठमाडौं । सरकार ढाल्नका लागि प्रयोग गरिएका सबै कार्ड असफल भएपछि माओवादी अध्यक्ष प्रचण्ड नराम्ररी गलेका छन् । यसअघि सरकार

Techie IT