Techie IT
Saturday, June 13, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रविकासे आयोजनाका लागि प्रतिकुल बन्दै सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्र

विकासे आयोजनाका लागि प्रतिकुल बन्दै सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्र

आयोजनाको पक्षमा स्थानीयले लगाए नारा


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे तथा भोटेकोशी विकासको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । अझ यहाँको समृद्धिको मुख्य माध्यम नै जलविद्युत आयोजना हो । तर पछिल्लो अवस्था यस्तो छ कि, यहाँ कुनै पनि आयोजना अघि बढाउन एकदमै कठिन छ । स्थानीय नागरिक आयोजनाको पक्षमा हुँदाहुँदै पनि केही स्वार्थ समूहका कारण यहाँ जुनकुनै प्रोजेक्ट अघि बढाउन असहज छ । त्यसको पछिल्लो उदाहरण हो– आइतबार कालिका इनर्जी प्रालिले आयोजना गरेको सार्वजनिक सुनुवाइमा भएको लफडा ।

यहाँ बन्न लागेको ४६ मेगावाट क्षमताको भोटेकोशी– ५ जलविद्युत् आयोजनाका लागि आइतबार बाह्रविसे नगरपालिकाको प्राङ्गणमा नै सार्वजनिक सुनुवाइको आयोजना गरिएको थियो । तर कार्यक्रम सुरु हुनुभन्दा अघि नै केही मान्छेहरुले हुलदंगा गरेका कारण कार्यक्रम नै स्थगित हुनपुग्यो । आयोजनास्थलका स्थानीय आयोजनाकै पक्षमा हुँदाहुँदै पनि केही स्वार्थ समूहका कारण कार्यक्रमस्थलमा तोडफोडसमेत भएको आयोजनाले जनाएको छ । कार्यक्रमस्थलमा स्थानीयहरुले आयोजनाकै पक्षमा नारासमेत लगाएका थिए ।

सार्वजनिक सुनुवाइबारे आफूहरुलाई जानकारी नदिएको भन्दै केही मान्छेले आयोजनाविरुद्ध पनि नारा लगाएका थिए । तर आयोजनाले एक स्थानीय पत्रिकामा नै सार्वजनिक सुनुवाइको सूचना प्रकाशित गरेको थियो । अब आयोजनाले वडास्तरमा छलफल गरेर सार्वजनिक सुनुवाइको नयाँ मिति तोक्ने जनाएको छ । बाह्रविसे नगरपालिकाकै प्राङ्गणमा आयोजित सार्वजनिक सुनुवाइमा केही स्थानीयले गुण्डागर्दीको शैलीमा अराजकता मच्चाउँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेको आयोजनाको भनाइ छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT