अहिले अखिलको महाधिवेशनले माहोल तातेको छ । यसबीच अध्यक्षका लागि चार आकांक्षीहरु मैदानमा देखिए पनि सुजन कडरियाको संभावना बलियो बन्दै गएको छ । र, अखिलमा उनको नेतृत्वको खाँचो पनि छ ।
कडरिया यस्तो व्यक्ति हुन्, जसले अनेरास्ववियुमा जीवनको ऊर्जाशील १५ वर्ष बिताइसकेका छन् । २०६७ सालमा आन्दोलनमा आबद्ध भएदेखि उनी निरन्तर मैदानमै सक्रिय छन् ।
काठमाडौं भूगोल जिल्ला समिति सदस्यहुँदै २०७१ सालमा काठमाडौं युनिभर्सिटी इकाइ अध्यक्ष र २०७३ सालमा काठमाडौं युनीभर्सिटी स्कूल अफ मेडिकल साइन्सको संस्थापक सभापति भएका कडरियाले २०७५ सालमा NMSA KU अध्यक्षको भूमिका कुशलतापूर्वक निर्बाह गरेका थिए ।
२०७६ सालमा NMSA राष्ट्रिय कमिटी अध्यक्ष, २०७७ सालमा पदेन सचिवालय सदस्य, २०७८ सालमा सचिवालय सदस्य, २०७८ सालमा NMSA Incharge हुँदै २०७९ सालमा भएको अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन माम्यान अफ दि इलेक्सनहुँदै सचिव पदमा निर्वाचित हुन सफल कडरियालाई अध्यक्ष बनाउनैपर्ने विद्यार्थीको जिम्मेवारी द्ध ।
संगठनमा ३२ को उमेर हद कायम भएसंगै लामो समयसम्म आफ्नो जीवनको महत्वपूर्ण समय दिएका थुप्रै अग्रजहरु विद्यार्थी आन्दोलनबाट पार्टी आन्दोलनमा प्रतिस्थापन हुनु परेको छ। र, अब विद्यार्थी आन्दोलनलाई थप उचाइमा पुर्याउन कडरिया निर्विकल्प हुनसक्छन् ।