Techie IT
Wednesday, July 22, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु

कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु


कालिकोट । नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको योजना, कर्णाली प्रदेश पार्टी स्कुल विभागको समन्वय तथा कालिकोट जिल्ला कमिटीको आयोजनामा जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ।

तीन दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा एमालेका उपमहासचिव तथा केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले गरेका छन् ।

कार्यक्रम उद्घाटनका क्रममा उपमहासचिव ज्ञवालीले कर्णाली प्रदेश सांस्कृतिक तथा प्राकृतिक हिसाबले अत्यन्त समृद्ध रहेको बताउँदै अब समग्र विकास र समृद्धिका लागि पार्टी पंक्ति एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । विकास र परिवर्तनका लागि वैचारिक स्पष्टता अत्यावश्यक भएको उल्लेख गर्दै उनले यस प्रकारका प्रशिक्षण कार्यक्रमले त्यो उद्देश्य प्राप्त गर्न सहयोग पुर्यार्उने विश्वास व्यक्त गरे ।

ज्ञवालीले भौगोलिक विकटताका बाबजुद कर्णालीमा विकासको अपार सम्भावना रहेको उल्लेख गर्दै अब कर्णालीको ‘पछाडि परेको’ भन्ने पहिचान परिवर्तन गर्नुपर्ने धारणा राखे । उनले अर्गानिक उत्पादन, साहसिक पर्यटन र प्राकृतिक सम्पदामा भरपुर कर्णाली प्रदेश तथा कालिकोटलाई समृद्ध बनाउने अभियानमा पार्टी लाग्नुपर्नेमा जोड दिए ।

प्रशिक्षण कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, केन्द्रीय पार्टी स्कुल विभाग सचिव घनश्याम कोइराला, राजबहादुर बुढा, सुन्दर लामिछाने, गेहेन्द्र दाहाललगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

कर्णाली प्रदेशभर सञ्चालन गरिँदै आएको जिल्ला स्तरीय प्रशिक्षण शृङ्खलाअन्तर्गत कालिकोट छैठौँ जिल्ला हो। यसअघि दैलेख, सुर्खेत, हुम्ला, मुगु र जुम्लामा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT