Techie IT
Saturday, August 2, 2025 | शुक्रबार, साउन १६, २०८२
२०८२ साउन १६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमोहन बस्नेतसामू निरीह बन्यो सिन्धुपाल्चोकको एमाले-माओवादी

मोहन बस्नेतसामू निरीह बन्यो सिन्धुपाल्चोकको एमाले-माओवादी


काठमाडाैं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता, निलम्बित सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको ‘काजी शैली’सामू सिन्धुपाल्चोकको नेकपा एमाले र माओवादी केन्द्र निरीह बनेको छ ।

अख्तियारले भ्रष्टाचारी ठहर गर्दै मुद्दा दर्ता गरेका बस्नेतले दिनहुँजसो जिल्लामा आएर विभिन्न आयोजनाहरु उद्घाटन गरिरहेका छन् । सोमबार लिसङ्खुपाखरमा धुमधामसँग खानेपानी आयोजना उद्घाटन गरेका बस्नेतले मंगलबार सुनकोशीको ठोकर्पामा स्वास्थ्यचौकी उद्घाटन गरेका छन् । बस्नेतलाई ठोकर्पामा पञ्जेबाजासहित स्वागत गरिएको थियो ।

स्मरणीय छ कि, यसअघि सुनकोशी गाउँपालिकासँगै नेकपा एमाले र माओवादी केन्द्रको गाउँ कमिटीले यो कार्यक्रम नगर्न विज्ञप्ति जारी गरेका थिए । उनीहरुले जबरजस्त कार्यक्रम गरे प्रतिकार गर्ने चेतावनी पनि दिएका थिए । तर, उनीहरुको चेतावनीलाई बेवास्ता गर्दै बस्नेतले भव्यसँग स्वास्थ्यचौकी उद्घाटन गरे ।

यसले सिन्धुपाल्चोकमा बस्नेतको ‘काजी शैली’प्रति एमाले र माओवादी निरीह भएको प्रष्ट पार्छ । यसरी बस्नेतसामू एमाले र माओवादी कमजोर देखिँदा एमालेबाट कांग्रेसका गएका नेता केदार क्षेत्री निकै मख्ख देखिन्थे । एमाले नेता सरेश नेपालसँगको इगोका कारण कांग्रेस छिरेका क्षेत्री भ्रष्टाचार अभियुक्त बस्नेतको पछि लाग्दा पनि गर्व अनुभूत गरिरहेका छन् ।

र, उनले मंगलबार ठोकर्पाको कार्यक्रममा भनेका छन्– कांग्रेस प्रवेश गर्न १० वर्ष ढिला गरेछु । नत्र अहिलेसम्म धेरै विकास गर्नसक्ने रहेछु ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बिमा हटाइँदै

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बिमा हटाउने तयारी गरेको छ । श्रम मन्त्रालयले जीवन बिमालाई हटाउने

रास्वपाले सुरु गर्यो खुला आँगन कार्यक्रम

काठमाडौं । रास्वपाले प्रत्यक्ष जनसम्पर्क र खुला संवादका लागि खुला आँगन कार्यक्रम सुरु गर्ने भएको छ । यस कार्यक्रममा पार्टी

चक्रे मिलनको ग्याङपछि थप गुण्डा खोज्दै प्रहरी, पक्राउ परेकाहरूको ट्रयाक…

काठमाडौं । गुण्डा नाइके चक्रे मिलनसँगै ४७ जनालाई पक्राउ गरेको प्रहरीले थप गुण्डाहरुको खोजीलाई तीव्र पारेको छ । पक्राउ परेकासँगको

सरूवा भएको ठाउँमा नखटिएका २३ कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन…

काठमाडौ । गृह मन्त्रालयले २३ जना कर्मचारीलाई २४ घण्टाभित्र सरूवा गरेको ठाउँमा हाजिर हुन निर्देशन जारी गरेको छ । शुक्रबार

उपचुनावका लागि निर्वाचन आयोगले आह्वान गर्यो दल दर्ता, साउन २७…

काठमाडौं । रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । आयोगमा दर्ता

जताततै पूर्व नवयुवराज हृदयेन्द्रले बनाएको भ्लगको चर्चा

काठमाडौं । अहिले जताततै पूर्व नवयुवराज हृदयेन्द्र शाहले बनाएको एउटा भ्लगको चर्चा छ । जुम्लामा घुमेको र त्यहाँका मान्छेसँग भेटेको

Techie IT