Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमोहन बस्नेतसामू निरीह बन्यो सिन्धुपाल्चोकको एमाले-माओवादी

मोहन बस्नेतसामू निरीह बन्यो सिन्धुपाल्चोकको एमाले-माओवादी


काठमाडाैं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता, निलम्बित सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको ‘काजी शैली’सामू सिन्धुपाल्चोकको नेकपा एमाले र माओवादी केन्द्र निरीह बनेको छ ।

अख्तियारले भ्रष्टाचारी ठहर गर्दै मुद्दा दर्ता गरेका बस्नेतले दिनहुँजसो जिल्लामा आएर विभिन्न आयोजनाहरु उद्घाटन गरिरहेका छन् । सोमबार लिसङ्खुपाखरमा धुमधामसँग खानेपानी आयोजना उद्घाटन गरेका बस्नेतले मंगलबार सुनकोशीको ठोकर्पामा स्वास्थ्यचौकी उद्घाटन गरेका छन् । बस्नेतलाई ठोकर्पामा पञ्जेबाजासहित स्वागत गरिएको थियो ।

स्मरणीय छ कि, यसअघि सुनकोशी गाउँपालिकासँगै नेकपा एमाले र माओवादी केन्द्रको गाउँ कमिटीले यो कार्यक्रम नगर्न विज्ञप्ति जारी गरेका थिए । उनीहरुले जबरजस्त कार्यक्रम गरे प्रतिकार गर्ने चेतावनी पनि दिएका थिए । तर, उनीहरुको चेतावनीलाई बेवास्ता गर्दै बस्नेतले भव्यसँग स्वास्थ्यचौकी उद्घाटन गरे ।

यसले सिन्धुपाल्चोकमा बस्नेतको ‘काजी शैली’प्रति एमाले र माओवादी निरीह भएको प्रष्ट पार्छ । यसरी बस्नेतसामू एमाले र माओवादी कमजोर देखिँदा एमालेबाट कांग्रेसका गएका नेता केदार क्षेत्री निकै मख्ख देखिन्थे । एमाले नेता सरेश नेपालसँगको इगोका कारण कांग्रेस छिरेका क्षेत्री भ्रष्टाचार अभियुक्त बस्नेतको पछि लाग्दा पनि गर्व अनुभूत गरिरहेका छन् ।

र, उनले मंगलबार ठोकर्पाको कार्यक्रममा भनेका छन्– कांग्रेस प्रवेश गर्न १० वर्ष ढिला गरेछु । नत्र अहिलेसम्म धेरै विकास गर्नसक्ने रहेछु ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT