Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रयुवा संघको नेतृत्वका लागि आधा दर्जन नेता दौडधूपमा

युवा संघको नेतृत्वका लागि आधा दर्जन नेता दौडधूपमा

महासचिवमा महेश चौलागाईंदेखि निरोज पौडेलसम्मको चर्चा


काठमाडौं । नेकपा एमालेको सबैभन्दा शक्तिशाली र प्रभावशाली मानिने भ्रातृ संगठन युवा संघ नेपाल महाधिवेशनको संघारमा छ । जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा हुने दशौं महाधिवेशनबाट चुनिने नेतृत्वप्रति अहिले धेरैको चासो छ ।

करिब दुई हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनले अध्यक्षसहित नौजना पदाधिकारी चुन्नेछन् । अधिवेशनबाट अध्यक्षको दौडमा अहिलेका अध्यक्ष क्षितिज थेवेदेखि अहिलेका महासचिव सुमन पुरीसम्म छन् । थेवेले भने सर्वसम्मत भएमात्रै आफू अध्यक्षमा दोहोरिने बताइरहेका छन् ।

त्यस्तै, दोलखाका महाराज गुरुङ, अहिलेका प्रवक्ता कृष्णहरि केसी र प्रकाश गौतमले पनि अध्यक्षका लागि दौडधुप गरिरहेका छन् । बुझिएअनुसार अन्तिममा थेवेले गुरुङलाई समर्थन गर्ने र गुरुङनै अध्यक्ष हुने सम्भावना प्रबल छ । त्यस्तै महासचिवमा सिन्धुपाल्चोकका महेश चौलागाईं, अहिलेका सचिव निरोज पौडेल, कुबेर अधिकारी, विनय शाह, खेम शर्मा र पर्वत भण्डारीले आकांक्षा व्यक्त गरेका छन् ।

यीमध्ये सिन्धुपाल्चोकका चौलागाईंको सम्भावना धेरै रहेको चर्चा छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT