Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनेपाल बारमा माओवादी नेतृत्वको प्यानल बढारियो

नेपाल बारमा माओवादी नेतृत्वको प्यानल बढारियो


काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा कांग्रेस–एमाले प्यानलका विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको छ । मिश्र ५०५२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका माओवादीनिकट कानून व्यवसायी समूहका २६२१ मतमा रोकिए ।

दुईजनाबीचको मतान्तर २४३१ छ ।

त्यस्तै महासचिवमा कांग्रेस–एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोटमात्र ल्याए ।

नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सवैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताएका छन् ।

बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बू, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा जगतबहादुर कार्की विजयी भएका छन् ।

शनिबार भएको बारको चुनावमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT