Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकाठमाडौंमा एइएसआइएम स्कुल सञ्चालन, विभिन्न देशका ६१ विद्यार्थी सहभागी (भिडिओसहित)

काठमाडौंमा एइएसआइएम स्कुल सञ्चालन, विभिन्न देशका ६१ विद्यार्थी सहभागी (भिडिओसहित)


काठमाडाैं । भुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागले फ्रान्सस्थित गणितको अन्तर्राष्ट्रिय केन्द्र सीआइएमपीएको सहयोगमा १२ दिने अनुसन्धनात्मक एइएसआइएम स्कुल- २०२४ संचालन गरिरहेको छ । कार्यक्रमका संयोजक डा. जीवन काफ्लेका अनुसार उक्त अनुसन्धनात्मक स्कुलमा नेपाल, भारत, बङ्गलादेश र ईन्डोनेसियाका गरी ६१ विद्यार्थी सहभागी छन् ।

कार्यक्रमलाई नेपाल, भारत, अष्ट्रेलिया र जर्मनीका गरि १३ जना प्राध्यापकहरूले विज्ञका रूपमा सेसन प्रदान गर्ने छन् । कार्यक्रममा डाटा साइन्स, मिसन लर्निङ, न्यूमिरकल मेथडलगायत म्याटल्याब, पाइथन जस्ता विषयवस्तु समाविष्ट छन् ।

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. केदार रीजालले जेष्ठ ३० गते कीर्तिपुरस्थित गणित केन्द्रीय विभागमा कार्यक्रम उदघाटन गर्नु हुँदै यस्ता कार्यक्रमबाट सहभागीहरूले उल्लेख्य उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले सहकार्यलाई बढावा दिनुका साथै नयाँ उपलब्धिका लागि नयाँ पुस्तालाई आकर्षण गर्ने डा. रीजालको भनाइ थियो ।

AESIM School का विज्ञहरूका तर्फबाट IIT तिरूपति भारतका गणित तथा तथ्याङ्क विभागका प्रमुख प्रा. डा. पञ्चअक्षयरम मरियाप्पनले यस्ता कार्यक्रमले नेपालको अनुसन्धान कौशललाई सकारात्मक प्रभाव पार्नुका साथै अन्तर्राष्ट्रिय जगतसितको सहकार्यलाई बढावा दिने बताउनु भयो ।

तेस्तैगरी अरु सहभागीहरुले पनि कार्यक्रम आफुलाई उपलब्धिमूलक भएको बताउनु भयो ।

उपस्थित अतिथि तथा सहभागीहरूलाई विभागका फ्याकल्टी तथा नेपाल गणित समाजका सभापति प्रा. डा. नारायण प्रसाद पहारीले स्वागत गर्नु भएको थियो ।

विभागका प्रमुख प्रा. डा. चेतराज भट्टको सभापतित्वमा भएको उदघाटन सत्रको सञ्चालन कार्यक्रमका संयोजक डा. जीवन काफ्लेले गर्नु भएको थियो ।

बाह्र दिन सम्म चल्ने AESIM School मा ३१ वटा टेक्निकल सेसन चल्नेछन् भने एक दिन सहभागीहरूले नजिकको स्थानमा अवलोकन भ्रमण समेत गर्नेछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT