Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रविवादका कारण दर्जनभन्दा बढी क्याम्पसमा स्ववियु चुनाव अवरुद्ध

विवादका कारण दर्जनभन्दा बढी क्याम्पसमा स्ववियु चुनाव अवरुद्ध


काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आंगिक र सम्बन्धन प्राप्त कलेजहरूको चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको छ। काठमाडौं उपत्यकाका प्रमुख केही कलेजमा विद्यार्थी संगठनहरूबिच विवाद हुँदा मनोनयन दर्ता हुन नसके पनि साढे दुई सय बढीमा उम्मेदवारी दर्ता भएको छ।

विद्यार्थी संगठनहरूबिच विवाद हुँदा काठमाडौंको थापाथली कलेजमा उम्मेदवारी दर्ता हुन नसकेन। उम्मेदवारी दर्ता गराउने समयमा विद्यार्थीका संघसंगठनले विभिन्न बखेडा खडा गरी अवरुद्ध गरिदिए। केन्द्रीय कार्यतालिका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय रहे पनि क्याम्पस निर्वाचन समितिले आफूअनुकूल समय तोक्ने अधिकार केन्द्रीय निर्वाचन समितिले दिए पनि २ बजेपछि समय सकिएको भन्दै माओवादी केन्द्रनिकट क्रान्तिकारी विद्यार्थी संगठनले अरू संगठनलाई उम्मेदवारी दर्ता गर्न नदिएपछि कलेजमा तोडफोड र तालाबन्दी भएको थियो।

यति मात्र होइन, शंकरदेव कलेजमा विभिन्न विद्यार्थी संगठनहरूले आ–आफ्ना उम्मेदवारको नाम टुंगो लगाउन सम्बन्धित दलका नेताहरूले टिकट नदिएका कारण यस कलेजमा पनि विद्यार्थीको तालाबन्दी भयो र निर्वाचन प्रक्रिया अवरुद्ध भयो। यस कलेजमा माधवकुमार निकट समाजवादी विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्।

नेपाल ल क्याम्पसमा मतदाता नामावलीमा दाबीविरोधको समय एक घन्टा अपुग भएको भन्दै एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गर्‍यो। विश्वविद्यालय तथा कलेजमा स्ववियुको निर्वाचन हुनु भनेको निर्वाचित स्ववियुले विश्वविद्यालय तथा कलेजमा उच्च शिक्षा हासिल गर्न भर्ना भएका विद्यार्थीको शैक्षिक तथा प्राज्ञिक हकहितका लागि काम गर्ने हो। यसका लागि कलेज तथा विश्वविद्यालय र विद्यार्थीबीच उत्पन्न हुने समस्याको समाधन गर्न सहजकर्ताको भूमिका खेल्ने हो।

तर मंगलबार देखिएको उम्मेदवारी दर्ताले विश्वविद्यालय तथा कलेजहरूमा दलीय भागबन्डामा नियुक्ति भएका पदाधिकारीहरूले आफ्नो स्वार्थका लागि भूमिका खेलेको र विद्यार्थीका नेताहरू पनि विद्यार्थीको हितभन्दा पनि विश्वविद्यालय र कलेजमा राजनीति पकड मजबुत गर्ने खेल खेलेको स्पष्ट भएको छ। किनभने जुन विद्यार्थीको जहाँ पकड छ, त्यो संगठन निर्वाचन गराउने पक्षमा देखियो आफ्नो दल र गुटको पकड नभएको देखिना साथ निर्वाचन अवरुद्ध गरिदिने विकृति देखियो।

काठमाडौंको शंकरदेव, पब्लिक युथ कलेज, नेपाल ल क्याम्पस, सरस्वती कलेज, विश्वभाषा कलेज, थापाथली कलेज, आयुर्वेद कलेज, जनकपुरको रारा बहुमुखी क्याम्पस, सिराहा क्याम्पस सिराहा, बुटवल बहुमुखी कलेज बुटवल, भैरवा क्याम्पस भैरवालगायत ११ आंगिक कलेजहरूमा निर्वाचन प्रक्रिया अवरुद्ध बनेको छ। अन्य आंगिक कलेज र सम्बन्धन प्राप्त गरी २५० बढी कलेजमा निर्वाचन प्रक्रिया अघि बढेको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT