Techie IT
Thursday, September 11, 2025 | बुधबार, भदौ २५, २०८२
२०८२ भदौ २५, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनेकपा एसमा पार्टीविरुद्ध बोल्न निषेध

नेकपा एसमा पार्टीविरुद्ध बोल्न निषेध


काठमाडौं । नेकपा एकीकृत समाजवादीले कार्यकर्ताहरुलाई पार्टीविरुद्ध बोल्न निषेध गरेको छ । १३ बुँदे आचारसंहिता जारी गर्दै नेकपा एसले पार्टीविरुद्ध बोल्न निषेध गरेको हो ।

जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले पार्टीका नेता कार्यकर्तालाई आचारसंहितामा कडाइ गर्ने प्रस्ताव राखेका हुन्।

आचारसंहितामा भनिएको छ, ‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयका विरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न पाइँदैन । आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अवज्ञा गर्न पाइँदैन । पार्टी निर्णय लागू गर्नु पर्दछ । अरूका विचारको सम्मान गर्नु पर्दछ । यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ ।’

पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने उल्लेख छ। नेता कार्यकर्ताको खानपान, रहनसहन, बस उठ सरल र सामान्य हुनुपर्नेछ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपालका प्रस्तावक कुलमान घिसिङले पनि अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार रहेको बताएका छन्। कुलमानले जेन-जी आन्दोलनपछि त्यसकै

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको

वार्ताको लागि जेनजीले अघि सारे ६ बुँदे माग, यी हुन्…

काठमाडौं । जेनजीले वार्ता गर्न ६ बुँदे माग अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्तामा आह्वान

जेन जीको आन्दोलनमा रास्वपाको खतरनाक घुसपैठ

आफूहरुको आन्दोलनमा रास्वपाको घुसपैठ भएको भन्दै जेन जीभित्रै विवाद उत्पन्न भएको छ । मंगलबार अस्भाविक क्षति हुनेगरी भएको प्रदर्शनका घटनाक्रमले

डिल्लीबजार कारागारबाट भाग्न खोज्दै कैदीबन्दीले लगाए नारा, भन्छन्– रवि मात्र…

काठमाडौं । कैदीबन्दी भाग्न खोजेपछि डिल्लीबजार कारागारमा तनाव भएको छ । जबरजस्त भाग्न खोजेका कैदीबन्दीलाई नेपाली सेनाले रोकेको थियो ।

प्रदर्शनकारीले जलाएको अटो सोरूममा भेटियो युवतीको जलेको शव

काठमाडौं । पोखराको नयाँबजारमा प्रदर्शनकारीले जलाएको अटो सोरूमको भवनभित्र जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय

Techie IT