Techie IT
Friday, July 10, 2026 | शुक्रबार, असार २६, २०८३
२०८३ असार २६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसम्झनामा सिन्धु कम्युनिस्ट आन्दोलनका एक धरोहर

सम्झनामा सिन्धु कम्युनिस्ट आन्दोलनका एक धरोहर


छत्रबहादुर बोहरा– सिन्धु कम्युनिस्ट आन्दोलनका एक धरोहर । जसको देहलाई हामीले केही दिनअघि गुमायौं । तर, उहाँको योगदान चीर स्मरणीय छ ।

ऐतिहासिक पिस्कर आन्दोलनका अग्रज व्यक्तित्व तथा विद्रोही जनप्रतिनिधिका रुपमा असाधारण योगदान दिएका बोहराले ८३ वर्षको उमेरमा देहत्याग गर्नुभयो । जीवनका ऊर्जाशील दुईतिहाइ समय नै जनता, परिवर्तन र पिस्करको पक्षमा खर्चनुभएका बोहराको जीवन संघर्ष निक्कै उत्प्रेरक छ । एक अर्थमा नेपाली कम्युनिष्ट आन्दोलनमा निष्ठा र त्यागको धरोहरनै हुनुहुन्थ्यो– क. छत्र ।

हिजोको पिस्कर सामन्ती शोषण, दमन र अत्याचारको क्रिडास्थल नै थियो । त्यहीं कारण पिस्करले विद्रोहको नयाँ जग बसाल्यो । वर्गसंघर्षको नयाँ आधारभूमि निर्माण गर्यो । पंचायती निरंकुश राजतन्त्रविरुद्व उठेको विद्रोहको प्रेरणाको स्रोत बन्यो पिस्कर र छत्र कमरेको संघर्ष ।

पिस्कर आन्दोलन, गरिबभन्दा गरिब किसानले जमिन्दारी प्रथाविरुद्व छेडेको वर्ग सचेत जागरणको इतिहास हो । यो आन्दोलन जनस्तरको गहिराइ र व्यापक समुदायमा फैलाउने अभियानका आधा दर्जन अगुवामध्ये एक र बारम्बार जनताबाट निर्वाचितहुँदै आफ्ना कर्मलाई बेदाग अनुमोदन गरिरहने जनताका लोकप्रिय नेता हुनुन्थ्यो, काम्रेड छत्र । अरुभन्दा अलग भूमिकामा रहेर विशिष्ट छाप छोड्नसक्ने कुशल व्यक्तित्वका रुपमा पनि अधिकांश स्मृतिमा हुनुहुन्छ उहाँ ।
जनप्रिय अथक योद्धा छत्र काम्रेडको निधनले धेरै सिन्धुवासीलाई रुवायो । अझ खासगरी नेकपा एमालेका नेताहरुले छत्र काम्रेडलाई सम्झियौं र सम्झिरहनेछौं ।

छत्र, संघर्ष र पिस्कर

थामी समुदायको बाहुल्य रहेको पिस्कर उत्पिडनको पर्यायवाची गाउँ थियो । तीन अवस्थामा सामन्ती चरित्रको शोषणले व्याप्त पिस्कर गाउँ हाल विपुरा सुन्दरी गाउँपालिका–४मा पर्दछ । पिस्कर वर्गसंघर्ष, जन प्रतिरोधको उत्प्रेरक भूमिको रुपमा चिनिँदै आएको छ ।

गरीब समुदाय र विपन्न ठाउँको नेता हुन सजिलो हुन्न । तथापि यो गाह्रो काम गाउँका तत्कालीन प्रधानपन्च र पछि कम्युनिष्ट पार्टीको निर्वाचित जनप्रतिनिधि कमरेड हर बहादुर बोहराले व्यहोर्नुभयो ।

सिन्धुपाल्चोकको ‘भकारी कब्जा आन्दोलन’मा एक जनमुखी राजनीतिक व्यक्तित्व, जनउत्तरदायी प्रतिनिधि र कठोर परिस्थितिमा वर्गीय आन्दोलनप्रति प्रतिवद्ध कमरेड छत्र बहादुरको योगदान अनुकरणीय र प्रेरणादायी छ ।
घरको दुःखले गर्दा २०१६ सालतिर छत्र बहादुर बोहरा नेपाली सेनामा भर्ती हुनुभयो । झण्डै १०– ११ वर्ष सेनामा सेवा पनि गर्नुभयो । पछि, गाउँको दारुण परिस्थितिमा तथा घरपरिवारको आग्रहमा उहाँ सैनिक सेवाबाट राजिनामा दिएर गाउँको सेवामा संलग्न हुनुभयो ।

राजनीतिक संगठित जीवन

कमरेड छत्र बहादुर बोहराको राजनीतिक जीवन अगाडिबाटै शुरु भएको भए पनि संगठित राजनीतिक जीवन २०२८ सालमा पार्टी सदस्यता लिएपछि प्रारम्भ भयो । शुरुमा कमरेड पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीको भातृ संगठन क्रान्तिकारी किसान संघमा संगठित हुनु भयो । उक्त संगठनमा उहाँ लगायत उहाँका दाजु वीर बहादुर बोहरा, जङ्गबहादुर चामी, नालजङ्ग पाण्डे, हकंबीर थामी पनि हुनुहुन्थ्यो ।

जन्म, परिवार

तत्कालीन गाउँ विकास समिति (गाविस) को वडा नं ४ देवीस्थान गाउँमा १९९८ सालमा जन्मनु भएका छत्र बहादुर बोहरा माता ईन्द्र कुमारी बोहरा र पिता उत्तरध्वज बोहराका पांची सन्तान हुनुहुन्छ। उहाँका तीन जना दिदीबहिनी र चार जना दाजुभाईमध्ये दुई दिदी र एक जना दाजुको पहिला नै निधन भैसकेको थियो ।

छत्रले आफ्नो राजनीतिक दौडधुप र जनताका काम गर्दागर्दै विरामी श्रीमतीलाई समय दिन सक्नुभएन र समयमा उपचार नभएर २०३७ सालमा श्रीमती गुमाउनु भयो । छोराछोरी हुर्काउनेसमेत जिम्मेवारी आफ्नै काँधमा एकलौटी परेको कारण पार्टीमा पूर्णकालीन हुन सक्नुभएन । दोस्रो विवाह गर्ने छत्र कमरेडको इच्छा नभए पनि पारिवारिक समस्या बुझेर कमरेड अमृत बोहरा, कमरेड अष्टलक्ष्मी शाक्य र कमरेड मदन भण्डारीले नै पूर्वमा पार्टी काममा जुटिरहनु भएकी महिला कमरेड ईश्वरी सुब्बासँग विवाहको चाँजोपाँजो मिलाउनु भएको थियो । ईलाममा राजनीतिक संगठनमा काम गर्दा वारेन्ट हुनु भएका क. सुब्बासँग पार्टीको सल्लाह र निर्देशनमा काठमाडौं जैशीखेलमा कमरेड राममाया श्रेष्ठको घरमा

पिस्कर हत्याकाण्डको भयानक रात

तत्कालीन समयमा जनसांस्कृतिक कार्यक्रमहरू धेरै हुन्थे । झन सामाजिक पर्वमा जम्मा भएका सर्वसाधारणलाई परिवर्तनको पक्षमा उभ्याउन जनतामा चेतना छर्ने मौकाको रुपमा उपयोग गरिन्थ्यो । तीजको जात्रामा राम्रै कार्यक्रम हुन्थ्यो । जनताका गीतहरू गाइन्थ्यो । झन पिस्करमा माघे संक्रान्तिको बेलामा राम्रै जमघट हुने प्रचलनले केही तयारी गर्ने पर्छ भन्नेसहमति बनेको थियो। चिनियाँ कथा ‘राती बास्ने भाले’ नामक कथामा आधारित नाटक प्रदर्शित गर्ने र त्यसको रिहर्सल थाल्ने निर्णय पनि भयो ।

नाटक र जनवादी गीतहरूको तयारी चल्दै गर्दा स्थानीय सामन्त फटाहाहरूले सुइँको पाए । अझ गाउँका दलालहरूद्वारा दमन बढाउन उग्रवादी नेताहरू धेरै आउँछन् भनेर प्रचार थालिएको थियो । माघको चिसो बढेर मध्यरात टर्दै गर्दा प्रहरीहरू दाबी खोलाबाट लुक्दै पिस्कर छिरिसकेका थिए । महादेव थानमा जम्मा भएका करिव पाँच सय जात्रालुहरू खाजापानी गर्दै थिए। नाटक सकिए पनि मञ्चमा पेट्रोलम्यास बलिरहेको थियो । साँस्कृक्तिक टोली र स्थानीय कलाकारहरू तितरवितर भैसकेका थिए ।

प्रहरीहरूले एकाएक मञ्चमा उक्लेर पेट्रोलम्यासलाई लाठीले हिकांएर फुटाए । उपस्थित गाउँलेमाथि अन्धाधुन्ध लाठी चलाउन बाले। बालबच्चा महिलाहरूको कोलाहल भयो । यो प्रकारको ज्यादती सहन नसकी जनताहरू प्रतिकारमा उत्रिए । दोहोरो ढुंगामुढा भयो । प्रहरीले गोली चलाउन थाल्यो । मकै, भटमास, रोटी, कन्दमुल, उसिनेको फर्सी खाएर आफन्तसँग बिहानको उज्यालो कुर्दै गरेका स्थानीय गाउँलेहरूले कल्पनै नगरेको आतंकको सामना गर्नुपन्यो ।

उक्त कार्यक्रममा कलाकारको भूमिका निर्वाह गर्ने तिलकमान थामी, शुक्रमान थामी, सिंह बहादुर थामी, चतुरमान थामी, जगत बहादुर थामी आदि थिए । कार्यक्रमका सञ्चालक पलाँतीका बम बहादुर पौडेल थिए । कार्यक्रममा मूलतः केही प्रहशनहरू पनि जोडिएको थियो ।

अन्धविश्वासबाट जनतालाई सचेत बनाउने, जस्तैः धामी झाँक्री प्रथा, बोक्सी प्रथा, बालविवाह आदि विषयमा केन्द्रित थियो । मूल नाटक ‘राती बास्ने भाले’को कथा गाउँको सामन्तले घरमा कामदारहरूलाई आधा रातमै उठाएर काममा जोताउन आफै भाले बनेर बास्ने गरेको विषयमा थियो । एक दिन ‘यो भाले सक्कली हो कि नक्कली हो’ भनेर ढुकेर जाँच गर्दा फटाहा सामन्त आफै फेला परेपछि खेताला कामदारहरूले भकुरे ।

मञ्चमा सामन्तलाई कुट्न भनेर दर्शकहरू आफै मञ्च तर्फ कुदेका थिए । यी वर्ग चेतना दिने ज्ञानवद्र्धक प्रदर्शनले जनतामा अभूतपूर्व उत्साह जगाएको थियो । वर्ग घृणा र प्रतिरोधी धारणा बनाउन सघाउँथ्यो ।

दमन हिंसात्मक हुँदै गएपछि बालवच्चा वृद्धहरूको संरक्षण गर्न किसानहरूको दौडधुप भयो। जनता बचाउन प्रतिरोध गर्न पनि छोडेनन् । एक्कासी इंले थामीको पेटमा गोली लाग्यो । छताछुल्ल भएको आन्द्राभुँडी एक हातले सम्हाल्दै अर्को हातले प्रतिरोध गर्न खोज्नु भयो । सक्नु भएन । वर्ग संघर्षमा होमिएका एक जना योद्धा ढल्नु भयो । वीर बहादुर बामीको टाउकोमा गोली लागेर घटनास्थलमा नै शहादत भयो। सोना तामाङ्ग, पाल्कमाया थामी, जगत बहादुर बोहराको हातमा गोली लाग्यो । घाईतेहरूलाई डोरीले बाँधेर कब्जामा लिए र ईलेलाई घिसार्दै तलसम्म लगेर खाल्डो खनी स्याउलाले पुरे र प्रहरीहरू फर्के ।

हो, यस्तै कहालीलाग्दो आन्दोलनका योद्धा थिए– छत्रबहादुर बोहरा । अब उहाँको भौतिक शरीर त हामीमाझ छैन तर उहाँको योगदानलाई सधैं सम्झिरहनेछौं ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र…

नेपालको भन्सार प्रणालीबाट सङ्कलित राजस्व राष्ट्रिय बजेटको प्रमुख स्रोत हो। तर संघीय संरचनामा भन्सार राजस्व प्रत्यक्ष रूपमा स्थानीय समुदायको विकाससँग

Techie IT