Techie IT
Sunday, June 21, 2026 | आईतबार, असार ७, २०८३
२०८३ असार ७, आईतबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रपेट्रोलियम पदार्थबाट उठ्यो ३७ अर्ब राजस्व

पेट्रोलियम पदार्थबाट उठ्यो ३७ अर्ब राजस्व


वीरगञ्ज । चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट रु ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ), मट्टितेल आयात हुँदा रु ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको छ । चालु आवको छ महिनामा रु ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट रु १८ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

चालु आवको छ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट रु १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ । चालु आवको छ महिनामा रु आठ अर्ब नौ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर ९एटिएफ० आयातबाट रु एक अर्ब एक करोड तथा रु ३६ करोड २० लाख बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट रु १० करोड राजस्व सङ्कलन भएको जनाइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने तयारी, सरकारको निर्णय स्वागतयोग्य

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय (EV) मा रूपान्तरण गर्न कानुनी व्यवस्था गर्ने निर्णय

सुनको भाउले रच्यो इतिहास, पुग्यो तोलाकै ३ लाख नौ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल

एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा

सुनचाँदीको मूल्य घट्यो,२ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी

सुनको मुल्य एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३…

बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि

Techie IT