Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअनुसन्धान अधिकारीको निष्कर्ष: गोर्खा मिडियाको जन्मनै सहकारीको रकमबाट, मुख्य योजनाकार रवि लामिछाने

अनुसन्धान अधिकारीको निष्कर्ष: गोर्खा मिडियाको जन्मनै सहकारीको रकमबाट, मुख्य योजनाकार रवि लामिछाने


काठमाडाैं । रास्वपा सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने जोडिएको बुटवलको सुप्रिम सहकारी अनियमितता प्रकरणमा अनुसन्धान गरेका अधिकारीहरूले उक्त मिडियाको जन्म नै अवैध ढंगबाट भएको निष्कर्ष पेश गरेका छन् ।

जिल्ला अदालत, रुपन्देहीमा संगठित रूपमा सहकारी ठगी गरेको कसुरमा मुद्दा दायर गर्ने क्रममा पेश अभियोग पत्रमा लामिछाने २०७७ पुसदेखि २०७९ असारसम्म प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क विभिन्न सहकारी संस्थाहरूबाट बचत रकम हिनामिनाबाट प्राप्त रकमबाट सञ्चालित भएको देखिएको भन्दै त्यसको परिणाम पनि गलत नै हुने भनिएको छ ।

संगठित ठगीमा लामिछानेको संलग्नता पुष्टि गर्न अधिकारीहरूले ‘फ्रुट अफ द पोइजनस ट्री’ सिद्धान्त उल्लेख गरेका छन् । अभियोग पत्रमा सहकारीको रकमबाट खडा भएको गोर्खा मिडिया नेटवर्कमा गएर गरेको आर्थिक कारोबार, श्रीमती निकिता पौडेल समेतलाई भएको भुक्तानी, चेकमा गरिएका हस्ताक्षर, झुठो विवरणबाट भएको कम्पनीको स्वामित्व हस्तान्तरणलगायतलाई मुख्य आधार मान्दै लामिछानेले संगठित रूपमा सहकारीको बचत रकम अपचलन गरेको पुष्टि हुने भनिएको छ ।

साथै, लामिछानेविरुद्ध उनको कार्यकालमा सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको ८ करोड ३३ लाख ६ हजार रुपैयाँबराबर बिगो असुल गराउनुपर्ने माग दाबी अदालतमा पेश गरिएको छ । प्रहरीले रवि लामिछाने प्रबन्ध निर्देशक नियुक्त हुनुअगावै गोर्खा मिडिया नेटवर्कको खाता सञ्चालक रहेको र कम्पनी छाडिसकेपछि पनि ७१ लाख ८० हजार बराबरको कारोबार गरेको तथ्यसमेत फेला पारेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT