Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरकार ढाल्ने चर्को खेलमा लागे प्रचण्ड, पुर्याए आफ्नो पक्षमा ८० सिट

सरकार ढाल्ने चर्को खेलमा लागे प्रचण्ड, पुर्याए आफ्नो पक्षमा ८० सिट


काठमाडौं । ६ महिनादेखि प्रतिपक्षमा खुम्चनु परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको सरकार जसरी पनि ढाल्ने खेलमा लागेका छन् ।

भारतको आडमा अहिलेको सरकार ढाल्न उनले अनेक चलखेल गरिरहेका छन् । जसका लागि उनले राष्ट्रिय दलसमेत बन्न नसकेको एकीकृत समाजवादी, सदाबर मन्त्री बन्दै आएका उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र पहिलो चुनावमै चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई साथमा लिले प्रयास गरिरहेका छन् ।

उनले विपक्षी दलको मोर्चा बनाउने कसरत पनि सुरु गरेका छन् । जसअनुसार माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एस, नेसपा र राजमो एक ठाउँमा उभिएका छन् । प्रचण्डले सरकार ढाल्न चाहे पनि उनको पक्षमा बहुमत भने पुग्दैन । अहिले विपक्षी मोर्चामा ८० सांसद एकठाउँमा देखिएका छन् ।

माओवादीसँग ३२, रास्वपासँग २१, राप्रपासँग १४, एकीकृत समाजवादीसँग १० र अरु तीन दलसँग एक, एक सांसद छन् । लोसपा, जनमत र नाउपा हालसम्म विपक्षी गठबन्धनमा मिसिएका छैनन् । सरकार बनाउन १३८ सिट चाहिन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT