Techie IT
Tuesday, October 21, 2025 | मंगलबार, कात्तिक ४, २०८२
२०८२ कात्तिक ४, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसंसद अधिवेशन बोलाउन सरकारलाई विपक्षी गठबन्धनले दबाब दिने

संसद अधिवेशन बोलाउन सरकारलाई विपक्षी गठबन्धनले दबाब दिने


काठमाडौं । प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो ।

सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

आज बिहान बसेको बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको छ ।

बैठकमा एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, रास्वपाका डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका प्रभु साह तथा नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

यी १० देशमा थुप्रिए ७५ प्रतिशत सुन, जसकारण विश्व बजार…

काठमाडौं । पछिल्लो समय सुनको भाउले अस्वभाविक रेकर्ड राखिरहेको छ । यसको मुख्य कारण भनेको निश्चित देशमा सुन थुप्रनु र

देउवानिवासबाट हराएको रहस्यमयी शंख चितवनमा भेटियो, शंख बोकेका विजय लामाको…

काठमाडौं । जेन जी आन्दोलनमा कांग्रेस सभापति शेरबहादुरको घरबाट हराएको एउटा रहस्यमयी शंख चितवनमा फेला परेको छ । चाँदी जडित

सुदन गुरुङले गरे रवि लामिछानेको प्रशंसा, पुराना नेताले आफू जोगिन…

काठमाडौं । जेन जी अभियन्ता भनिने सुदन गुरुङले जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरेका छन् । रवि लामिछानेले

एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको…

राजावादी अभियन्ता दुर्गा प्रसाईंले एमसीसी सम्झौतापछि नेपालका विभिन्न ठाउँमा ८ वटा न्यूक्लियर मिसाइल जडान गरिएको दाबी गरेका छन् ।

जेन जी आन्दोलन जाँचबुझ आयोगमा दर्जनभन्दा बढी उजुरी, फिल्डमा खटिनेदेखि…

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन जाँचबुझका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित

रबि र बालेनसंग कुनै हालतमा सहकार्य नगर्ने हर्क साम्पाङको अडान,…

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आगामी चुनावमा रवि लामिछाने नेतृत्वको रास्वपा र काठमाडौंका मेयर बालेन साहसँग सहकार्य नगर्ने प्रष्ट

Techie IT