Techie IT
Thursday, December 18, 2025 | बिहीबार, पुस ३, २०८२
२०८२ पुस ३, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रहडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन यसरी जुट्यो सरकार

हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन यसरी जुट्यो सरकार


काठमाडौं । नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी सरकारका नाममा ल्याउने प्रक्रिया थालनीका लागि सम्बन्धित मन्त्रालय लागेका छन् ।

भूमि व्यवस्था, सहकारी, गरिबी निवारण मन्त्रालय र गृह मन्त्रालयले यो विषयमा नेपाल प्रहरीसँग ब्रिफिङसमेत लिएका छन् । गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरीलाई निर्देशन दिएका छन् । भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरिसकेको र यसका लागि मालपोत कार्यालय र विभागलाई निर्देशन दिएको बताइएको छ ।

गृहमन्त्री लेखकले नेपाल प्रहरीका प्रमुख वसन्तबहादुर कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख एआइजी दीपक थापालाई गृह मन्त्रालयमा बोलाएर यस विषयमा छानबिन प्रक्रिया द्रुत गतिमा अघि बढाउन पनि निर्देशन दिएका छन् ।

त्यस क्रममा सिआइबीका प्रमुख एआइजी थापाले शेरा दरबार र त्यसले चर्चेको जग्गा नेपाल सरकारका नाममा हुने आधार र कारण पेस गर्दै सरकारले चाहे कारबाही अघि बढाउन सकिने बताएका छन् । सिआइबीले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६४ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष शुक्रबार सिफारिस गरेको थियो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

ह्वीलचियरमै बसेर दीपाले गरिन बन्जी जम्प

काठमाडौं । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियरसहित बन्जी जम्प गरेकी छन् । आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका–४

प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना…

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । मतदानको क्रममा एक व्यक्ति मतदान केन्द्र परिसरबाट

जेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

Techie IT