Techie IT
Friday, August 22, 2025 | बिहीबार, भदौ ५, २०८२
२०८२ भदौ ५, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमोरङमा शौच गर्न गएकी युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

मोरङमा शौच गर्न गएकी युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ


काठमाडौं । मोरङमा २२ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको जहदा गाउँपालिका–३ खदरा बस्तीकी २२ वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार भएको हो ।

मंगलबार बिहान शौच गर्न गएकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमा कपडा कोचिएको, हातखुट्टा बाँधिएको र अचेत अवस्थामा फेला परेपछि स्थानीयले उद्धार गरेका थिए ।

उद्धारपछि अस्पताल लगिएकी ती महिलाले होसमा आएपछि आफूमाथि अपहरण शैलीमा बाँसघारीमा लगेर सामूहिक बलात्कार गरिएको बताएकी छन् । पीडित महिलाको बयानका आधारमा प्रहरीले चार जना अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले बलात्कार आरोपमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह, भारतको अररिया कुशाकट्टाका १९ वर्षीय मोहम्मद गुल्जारलाई पक्राउ गरेको छ ।

बुधबार बिहान थप एक जना अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

फेसबुकमा प्रधानमन्त्रीको आलोचना गरेकै आरोपमा मंगलसिंह पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा सामाजिक अभियन्ता एवं माओवादी कार्यकर्ता मंगलसिह प्रजा पक्राउ

ज्योति मगरको ज्योतिले हल्लियो धेरैको माथिंगल, शरीर अश्लील कि नजर…

काठमाडौं । धेरैले गायिका ज्योति मगरलाई अंग प्रदर्शन गर्ने कलाकारका रुपमा चिन्छन् । तर, पछिल्लो समय एउटा उनले एउटा पडकास्टमा

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा चरम आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाह्रविसे नगरपालिकाका

एमाले सिन्धुपाल्चोक क्षेत्र १ ‘ख’को बैठक सम्पन्न, प्रतिनिधि परिषद् बैठक…

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश ‘ख’ समन्वय कमिटीको बैठक सम्पन्न भएको छ । शनिबार

सरकार ढाल्ने सबै कार्ड फाल्दा पनि असफल भएपछि गले प्रचण्ड

काठमाडौं । सरकार ढाल्नका लागि प्रयोग गरिएका सबै कार्ड असफल भएपछि माओवादी अध्यक्ष प्रचण्ड नराम्ररी गलेका छन् । यसअघि सरकार

Techie IT