Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रदुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ

दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ


काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रसाईंलाई उनकै घर भक्तपुरबाट पक्राउ गरेको थियो । सीआईबीले अनुसन्धानका लागि प्रसाईंलाई साइबर ब्यूरोको जिम्मा लगाएको थियो । साइबर ब्यूरोले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । साइबर अपराधको कसुरमा ५ वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था भएकाले उक्त सजाय मागदाबी गर्दै मुद्दा दर्ता भएको छ । यसका साथै प्रसाईंविरुद्ध यसअघि पनि साइबरको मुद्दा चलेका पटके कसुरदार भन्दै थप सजाय समेत माग गरिएको छ । पटेक कसुरदारको हकमा डेढी सजाय हुने व्यवस्था भएकाले प्रसाईंविरुद्ध साढे ७ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा प्रसाईंविरुद्धको पेसी तोकिएको छ । अब प्रसाईंको बयान हुनेछ । त्यसपछि थुनछेक बहसपछि पुर्पक्षमा पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने आदेश आउने छ । यही बीचमा भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारीहरुलाई धम्क्याएको आरोपमा आपराधिक लाभ र संगठित अपराधको कसुरमा प्रसाईंविरुद्ध सीआईबीले पनि अनुसन्धान अघ बढाइरहेको छ । यता साइबरको कसुरमा भने प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीबारे आफूले फेक कागजात तयार नपारको भन्दै प्रसाईंले बयान दिएका छन् । कम्बोडियामै बस्ने नेपालीले पठाएको विवरणहरु आफूले सार्वजनिक गरेको भन्दै प्रसाईंले बयान दिएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT