Techie IT
Friday, June 27, 2025 | बिहीबार, असार १२, २०८२
२०८२ असार १२, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रवेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?


काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा गर्न विशेष कार्यक्रमको आयोजना गर्दै अवार्ड वितरण गर्न लागिएको हो ।

अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् । विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन्।

फोटो तथा भिडियो  मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्ने र सहभागिताको लागि www.kpa.org.np मा गुगलफर्म भर्नुपर्ने आयोजकले जानकारी दिएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य नेपालका विवाह परम्पराको कला संस्कृति र सौन्दर्यलाई प्रोत्साहन गर्नुको साथै नेपाली फोटोग्राफरहरू सम्मान गर्नु नै रहेको काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेले बताए ।

अवार्ड सकिएको भोलिपल्ट नै राष्ट्रिय कला परिषद्, बबरमहलमा फोटो प्रदर्शनी पनि आयोजना गर्न लागिएको घिमिरेले बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने

काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका

बालेन साहविरुद्ध अख्तियारमा अर्को पनि उजुरी, कार्यालयको लिफ्ट जडानमा भ्रष्टाचार…

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फेरि अर्को मुद्दा दर्ता भएको छ । अधिवक्ता युवराज

ध्रुव एस्ट्रो वास्तु स्टुडियोले गर्यो ‘प्रेरक व्यक्तित्व सम्मान’, ‘कुम्भ’ फिल्मको…

काठमाडौं । ध्रुव एस्ट्रो वास्तु स्टुडियोको आयोजनामा राजधानीमा एक भव्य ‘प्रेरक सम्मान’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका

श्रृंगेरीका ३७औं शंकराचार्य महास्वामीजीको नेपाल भ्रमण स्थगित

काठमाडौँ । दक्षिणाम्नाया श्री श्रृंगेरी शारदा पिठमका ३७औं जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजी आगामी जेठ ८ देखि १० गतेसम्म

साम्य भयो शान्ति श्री परियार र खेम सेञ्चुरीको द्वन्द्व

काठमाडौं । लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्ति श्री परियार बिचको विवादले केही समय साङ्गीतिक बजार नै ततायो ।

जगतगुरु शंकराचार्य भारती शन्नीधानम नेपाल आउँदै, पशुपतिनाथसंगै मुक्तिनाथ जाने

  काठमाडौं । दक्षिणानामा श्री शारदा पीठम्,शृङगेरीका ३७ औं जगतगुरु, जगतगुरु शंकराचार्य श्री श्री विधुशेखर भारती शन्नीधानम धार्मिक यात्राका लागि

Techie IT