Techie IT
Saturday, June 28, 2025 | शनिबार, असार १४, २०८२
२०८२ असार १४, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररुपन्देहीबाट कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रविलाई पोखरा पठाइँदै

रुपन्देहीबाट कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रविलाई पोखरा पठाइँदै


काठमाडौं । सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका व्यवसायी कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष, समानता बचत तथा ऋण सहकारी संस्थाका सचिव र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष रहेका रम्तेललाई सहकारी ठगीमै अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा रूपन्देहीबाट काठमाडौं ल्याइएको हो ।

रम्तेलले सूर्यदर्शनका तत्कालीन अध्यक्ष जीबी राईले आफूलाई कोषाध्यक्ष बनाइदिएको बयान दिएका थिए । जीबीसँगको सहकार्यबारे रम्तेलले नेचर नेष्ट प्रालिमा २०७४ सालदेखि बजार व्यवस्थापकको रूपमा नियुक्ति भएको बताउँदै आएका छन् । यसै सिलसिलामा नेचर नेष्ट प्रालीका कार्यकारी अध्यक्ष जीबीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा कोषाध्यक्ष पदमा राखिदिएको बयान रम्तेलको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था पनि आफूलाई जानकारी नगराई सचिव बनाइएको उनको दाबी छ ।

यस्तै, सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि. वीरगञ्ज, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा समेत थाहै नदिईकन कोषाध्यक्ष बनाइएको बयान रम्तेलले यसअघि नै सहकारी ठगी विशेष छानबिन समितिमा दिएका थिए । सोही प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भने रुपन्देहीबाट पोखरानै पठाउने बुझिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डेमोक्रयाटिक एलायन्सको नाममा कांग्रेस मिल्न खोज्दै रास्वपाको ‘स्वर्णिम समूह’

काठमाडौं । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले डेमोक्रेटिक एलान्यन्सको नाममा कांग्रेससँग मिलेर अघि बढ्न खोजेको बुझिएको छ । वाग्लेले कांग्रेस सभापति

सर्वोच्चले सोध्यो मुकुल ढकाललाई महामन्त्री पदबाट हटाउनुको कारण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश

उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोग फेरि उपनिर्वाचनको तयारीमा जुटेको छ । पछिल्लो समय विभिन्न कालखण्डमा रिक्त भएका निर्वाचित पदहरुमा आयोगले उपनिर्वाचनको

बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर…

काठमाडौं । बालेन शाह इतिहासकै सबैभन्दा असफल मेयरको सूचीमा दर्ज भएका छन् । काठमाडौं महानगरका मेयर शाह असफल हुनुका पछाडि

पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित

मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति

सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार

Techie IT