Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररुपन्देहीबाट कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रविलाई पोखरा पठाइँदै

रुपन्देहीबाट कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रविलाई पोखरा पठाइँदै


काठमाडौं । सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका व्यवसायी कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष, समानता बचत तथा ऋण सहकारी संस्थाका सचिव र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष रहेका रम्तेललाई सहकारी ठगीमै अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा रूपन्देहीबाट काठमाडौं ल्याइएको हो ।

रम्तेलले सूर्यदर्शनका तत्कालीन अध्यक्ष जीबी राईले आफूलाई कोषाध्यक्ष बनाइदिएको बयान दिएका थिए । जीबीसँगको सहकार्यबारे रम्तेलले नेचर नेष्ट प्रालिमा २०७४ सालदेखि बजार व्यवस्थापकको रूपमा नियुक्ति भएको बताउँदै आएका छन् । यसै सिलसिलामा नेचर नेष्ट प्रालीका कार्यकारी अध्यक्ष जीबीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा कोषाध्यक्ष पदमा राखिदिएको बयान रम्तेलको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था पनि आफूलाई जानकारी नगराई सचिव बनाइएको उनको दाबी छ ।

यस्तै, सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि. वीरगञ्ज, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा समेत थाहै नदिईकन कोषाध्यक्ष बनाइएको बयान रम्तेलले यसअघि नै सहकारी ठगी विशेष छानबिन समितिमा दिएका थिए । सोही प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भने रुपन्देहीबाट पोखरानै पठाउने बुझिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT