Techie IT
Sunday, August 31, 2025 | आईतबार, भदौ १५, २०८२
२०८२ भदौ १५, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसानो भर्‍याङबाट पक्राउ परे दीपक मनाङे

सानो भर्‍याङबाट पक्राउ परे दीपक मनाङे


काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे काठमाडौंको सानो भर्‍याङबाट पक्राउ परेका छन् ।

प्रहरीले मनाङेलाई आज पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो ।

दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए ।

उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो । तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यान मार्ने उद्योग ९प्रयास० गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

सरकारी वकिलको कार्यालय मनाङे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा २०७५ सालमा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित

काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका

एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ?

काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले

नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा, चीनको ‘ग्लोबल इनिसियटिभ’लाई समर्थन

काठमाडौं । नेपालले ‘ताइवान स्वतन्त्रता’लाई अस्वीकार गर्ने र चीनको ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ लाई समर्थन गर्ने प्रतिबद्धता व्यक्ति गरेको छ ।

राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट नदिने, भदौ २९ गतेदेखि…

काठमाडौं । यो पटकको दशैँमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नदिने भएको छ । केन्द्रीय बैंकले यो पटकको दशैँमा सुकिला

नेपाल आइडलको फाइनल आज, कसले मार्ला बाजी ?

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा

फेरि ३ हजार रुपैयाँले बढ्यो सुनको भाउ, पुग्यो तोलाकै २…

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी

Techie IT