गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रविलाई बुटवल लैजान लागेपछि पोखरामा रास्वपाको विशेष बैठक रविलाई बुटवल लैजान लागेपछि पोखरामा रास्वपाको विशेष बैठक स्वर्णपत्र सोमबार, २०८१ कात्तिक २६ गते, १६:०२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि बुटवल लैजान लागेपछि रास्वपाका शीर्षस्थ नेताको बैठक बसेको छ । सभापति लामिछानेलाई बुटवल लगेपछि पार्टीले अंगीकार गर्ने रणनीतिबारे छलफल गर्न पोखरामा उपलब्ध नेताहरुको बैठक बसेको हो । प्रहरी स्रोतका अनुसार लामिछानेलाई सोमबार साँझ वा मंगलबार बिहान रुपन्देही लैजान लागिएको हो । सहकारीको रकम हिनामिना गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् । पछिल्लो पटक आइतबार मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि प्रहरीले उनलाई रुपन्देही ल्याउने तयारी गरेको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ । सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ । लामिछानेलाई रुपन्देही पठाउन रुपन्देही प्रहरीले यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार स्थानीय तहको घरदैलोमा सेवा, सहरसम्म सुविधा चौतारा । संघीयताको मूल मन्त्र ‘गाउँगाउँमा सिंहदरबार’ अहिले यथार्थमा रूपान्तरित हुँदै गएको छ । देशले संघीयता अपनाएको आठ वर्षपछि स्थानीय तीन हप्तापछि आंशिक रूपमा खुल्यो तातोपानी नाका चौतारा । नेपाल–चीनबीचको प्रमुख व्यापारीक नाका तातोपानी आंशिक रुपमा सञ्चालनमा आएको छ । ३ हप्तादेखि पहिरोका कारण अवरुद्ध रहेको कोदारी ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक… काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गरेका छन् । मदन भण्डारी हीरक मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् विपिन जोशीबारे केही तथ्य पत्ता नलगाइ इजरायबाट स्वदेश फर्किए आमा… काठमाडौं । विपिन जोशीको परिवार इजरायलबाट स्वदेश फर्किएको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी लोकप्रिय १ रविलाई पत्रिकासमेत पढ्न नदीएकोप्रति बाबुराम भटराईको आपत्ति २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई कांग्रेसले पार्टीमा भित्र्यायो, देउवाले गरे स्वागत ४ एमाले सिन्धुपाल्चोक क्षेत्र १ ‘ख’को बैठक सम्पन्न, प्रतिनिधि परिषद् बैठक भव्य बनाइने ५ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ६ म त उभिएकै छु, तर कति समयसम्म ? ७ पर्वतका दुई सय ७० सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक ८ सिन्धुपाल्चोकका एमाले नेता-कार्यकर्तादेखि केन्द्रीय नेतृत्वसमेत मेलम्चीमा (तस्वीरहरु)