गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने स्वर्णपत्र सोमबार, २०८१ कात्तिक २६ गते, १२:२५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाली कांग्रेस पार्टीभित्र १५ औं महाधिवेशनको चर्चा शुरू भएसँगै वरिष्ठ नेता डा. शेखर कोइराला पार्टीको आन्तरिक राजनीतिमा सशक्त बन्दै गएका छन् । १४औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा समूहमा रहेका शक्तिशाली नेताहरू कोइरालासँग नजिकिएसँगै कोइराला समूह थप बलियो बनेको हो । विधानअनुसार २०८२ मंसिरमा कांग्रेसको १५औं महाधिवेशन हुनुपर्नेछ । कांग्रेसको विधानबमोजिम २ कार्यकाल सभापति भइसकेका देउवा फेरि उम्मेदवार हुन पाउँदैनन् । त्यसो हुँदा देउवा निकटमा धेरै नेताहरूले अर्को महाधिवेशनमा नेता छान्ने बताएका छन् । संस्थापन समूहका प्रभावशाली नेता केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले समेत आगामी पार्टी नेतृत्वमा डा. शेखर कोइरालाका पक्षमा उभिने संकेत गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका सांसद बस्नेतको प्रभाव कांग्रेसको आन्तरिक संगठनमा राम्रै मानिन्छ । १४औं महाधिवेशनको पहिलो चरणमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि, कल्याण गुरुङसहित ५ जना सभापतिका उम्मेदवार थिए । त्यस बेला रामचन्द्र–शेखर समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र रामचन्द्र पौडेलमात्रै नभई कोइराला परिवारकै सदस्यहरू पूर्वमहामन्त्री शशांक कोइराला र नेता सुजता कोइरालाले समेत देउवालाई साथ दिएपछि शेखरले हार बेहोर्नुपरेको थियो । #कांग्रेस महाधिवेशन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्याइएकामध्ये संसद भवन छिरेका सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले निकाल्यो काठमाडौं । जेन जी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले त्यहाँबाट हटाएको छ । प्रहरीका अनुसार झण्डै बानेश्वरमा गोली लागेर पाँच जना प्रदर्शनकारीको मृत्यु, स्थिति झन् तनावपूर्ण प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट दुई जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेपनि जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू जेन जीको प्रदर्शन उग्र भएपछि संसद् भवन नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिका–१० भित्र पर्ने बानेश्वर बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्याक कम भएपछि बैंकिङ प्रणालीमा पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश… पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको मुद्दामा आजको सुनुवाइ सकिएको छ। लोकप्रिय १ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु २ कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित ३ दशैंका लागि कहाँबाट खसीबोका किन्ने भन्ने अन्योलमा हुनुहुन्छ ? ४ कर्मचारीको अवकाश उमेर हद बढाउने प्रस्तावबाट पछि हट्यो सरकार ५ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ६ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ७ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै ८ कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?