Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसहकारी ठगीमा रविपत्नी निकिता पनि मुछिइन्, यस्तो छ कारण

सहकारी ठगीमा रविपत्नी निकिता पनि मुछिइन्, यस्तो छ कारण


काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेमाथि प्रहरी अनुसन्धान भइरहेको छ । यसैबीच लामिछानेकी पत्नी निकिता पौडेल पनि सहकारी ठगीमा संलग्न भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका छन् ।

काठमाडौं महानगरपालिकाले गरेको एक अनुसन्धानलाई आधार बनाएर सञ्चारमाध्यमले लेखेका समाचारअनुसार निकिता पौडेलले सहकारीको ४ करोड ५९ लाख ५३ हजार २ सय ३२ रुपैयाँ अपचलन गरेकी छिन् ।

यसअघि पनि साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा जोडिएपछि निकिता पौडेलले ‘उपाध्यक्ष पदबाट राजीनामा दिइसकेको र राजीनामासमेत स्वीकृत भएको’ तर्क गर्दै आफ्नो संलग्नता अस्वीकार गर्दै आएकी थिइन् । तर प्रतिवेदनले भने निकिता अझै पनि सहकारीको उपाध्यक्ष नै रहेको ठहर गरेको छ ।

सहकारीले बचत फिर्ता नगरेको भन्दै २०८० असार २ मा काठमाडौँ महानगरपालिकामा बचतकर्ताहरूले उजुरी दिएपछि भएको अनुसन्धानले सहकारीमा रहेको चार करोड बढी रकम अपचलन भएको खुल्यो । र, उक्त अपचलनमा निकिता समेत जिम्मेवार देखिइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT