Techie IT
Wednesday, November 5, 2025 | बुधबार, कात्तिक १९, २०८२
२०८२ कात्तिक १९, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनौं महिनासम्म वडाध्यक्ष नफर्केपछि वडा कार्यालयमा तालाबन्दी

नौं महिनासम्म वडाध्यक्ष नफर्केपछि वडा कार्यालयमा तालाबन्दी


काठमाडौं । अमेरिका गएका खोटाङस्थित साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौं महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।

गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो । उनी नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताए । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उनले बताए । वडाध्यक्ष कटवाल माओवादी केन्द्रबाट निर्वाचित हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले

काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर

बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन

काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम

एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि…

काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै

सरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो

चुनाव गराउनका लागि बनाइएको अहिलेको अन्तरिम सरकारले पछिल्लो समय भटाभट दूरगामी महत्वका केही निर्णयहरु गर्यो । जस्तैः भूमि आयोग खारेज

Techie IT