Techie IT
Friday, June 12, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसीआईबीसँगको बयानमा रविले भने- म जाँदा जिबीले पैसा ल्याइसकेका रहेछन्, मलाई थाहै भएन

सीआईबीसँगको बयानमा रविले भने- म जाँदा जिबीले पैसा ल्याइसकेका रहेछन्, मलाई थाहै भएन


काठमाडौं । सहकारी ठगी र संगठित अपराध गरेको आरोपमा पाँच दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेले प्रहरीलाई इन्कारी बयान दिएका छन् । प्रहरीसँगको बयानमा उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रविको बयान लिइरहेको छ । मुख्यगरी सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोड बढी रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ । तर रविले भने आफू गोरखा मिडियामा पुग्दा सहकारीको रकम भित्रिसकेको बयान दिएका छन् ।

यसैगरी आफू कामदार भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन अध्यक्ष जितेन्द्र बाबु राई (जीबी)ले लिनुपर्ने उनको भनाइ छ । मिडियाका तत्कालीन प्रबन्ध निर्देशन रहेका रविको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रविका पार्टनर छविलाई कास्की प्रहरीले बयान लिइसकेको छ ।

सहकारी ठगीसम्बन्धी विशेष संसदीय छानबिन समितिलाई सूर्यदर्शन सहकारीका कोषाध्यक्ष मदनकुमार रम्तेलले दिएको बयानअनुसार पनि रविमाथि लगाइएका आरोपबारे प्रहरीले सोधेको थियो । रम्तेलले सहकारीको रकम बैंकमा जम्मा गरेका व्यक्ति रवि नै हुन् भन्ने बयान दिएका थिए ।

प्रहरीको प्रश्नमा रविले सहकारीको आफू सदस्य नभएको र त्यो अवस्थामा आफूले ऋण लिने कुरा नभएको बयान दिएका छन् । ग्यालेक्सीमा रहँदा कम्पनीको नाफा र घाटाको विश्लेषण नगरी धमाधम किन चेक काटेको ? भनेरसमेत प्रहरीले रविसँग प्रश्न गरेको थियो । रविले प्रशासनिक जिम्मेवारीमा रहेकाले कर्मचारीलाई तलब, सुविधा र अन्य प्रशासनिक खर्चको चेक आफूले काटेको बयान दिएका छन् ।

सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरूपयोग गरेको भन्दै संसदीय छानबिन विशेष समितिले लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो । सोही प्रतिवेदन कार्यान्वयनका क्रममा रविलाई पक्राउ गरिएको हो । प्रहरीले गत शुक्रबार राति काठमाडौंको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई हिरासतमा राखी अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको छ । जुन भोलि सकिँदै छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT