Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमीनबहादुर र धनराजबीच रहस्यमयी लेनदेनको यस्तो कनेक्सन

मीनबहादुर र धनराजबीच रहस्यमयी लेनदेनको यस्तो कनेक्सन


काठमाडौं । नेकपा एमालेलाई पार्टी कार्यालय बनाउन एक अर्ब मूल्य बराबरको जग्गा दान गरेका विवादित व्यवसायी मीनबहादुर गुरुङ र ललितपुरस्थित मितेरी सहकारीको रकम हिनामिनामा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङबीच रहस्यमयी लेनदेन कनेक्सन रहेको खुलेको छ । उपसभापति धनराजले विवादास्पद व्यवसायी मीनबहादुरबाट झन्डै करोड रुपैयाँ रकम लिएको खुलेसा भएको हो । जुन रकम उनले सहकारीमा बुझाएका थिए ।

धनराजमाथि कानुनमन्त्री हुँदा न्यायाधीश नियुक्तिमा ‘आर्थिक चलखेल’ गरेको लागेको थियो, त्यसलगत्तै उनले सहकारीमा ९१ लाखभन्दा बढी रकम बुझाएका थिए । मीनबहादुरको नामबाट काटिएका ८२ लाखका चेक त उनले एकै दिन ‘डिपोजिट’ गरेका थिए । यसअघि धनराजले मितेरीबाट घर निर्माण गर्न ऋण लिएको र पछि उक्त ऋण सोही घर बेचेर तिरेको दाबी गर्दै आएका थिए । तर, उनले मीनबहादुरले काटेका चेक सहकारीमा डिपोजिट गरेको सार्वजनिक भएको छ ।

उनले १७ वैशाखमा र ६ जेठ ०८१ मा सातवटा चेकमार्फत ९१ लाख बुझाएका छन् । सहकारीको विवरणअनुसार १४–१४ लाखका पाँचवटा चेक १७ वैशाखमा डिपोजिट भएका छन् । त्यस्तै, १२ लाख २६ हजार ९१४ रुपैयाँको चेक पनि १७ वैशाखमै डिपोजिट भएको छ । आठ लाख ९८ हजार ७२० रुपैयाँको चेक भने ६ जेठ ०८१ मा डिपोजिट भएको छ । धनराजले मितेरीबाट ०७७ मा ऋण लिएका थिए । जसमा हकवाला भनी ज्योति गुरुङको नाम उल्लेख छ । जब कि धनराजले ज्योतिसँग २९ फागुन ०७६ मै कागजी रूपमा सम्बन्धविच्छेद गरेका थिए ।

ऋण प्रवाह गर्दा मितेरीमा प्रबन्धक ज्योति थिइन् । ३ फागुन २०७७ मा मितेरी सहकारीबाटै उनले थप १२ लाख ऋण लिएका थिए । त्यसमा पनि हकवाला ज्योति नै उल्लेख गरिएको थियो । मितेरीको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेपछि ज्योति अहिले फरार छिन् । धनराज र उनकी पत्नी ज्योतिसहित पाँचजनाले करिब १४ करोड ८१ लख हिनामिना गरेको भन्दै सहकारीले बागमती प्रदेश सहकारी रजिस्ट्रार र प्रहरीमा पनि उजुरी दिएको थियो ।

तर, राजनीतिक दबाबमा रजिस्ट्रार कार्यालयले धनराजको नाम काटेर प्रहरीमा सिफारिस गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङको भनाइ छ । प्रहरीले अहिले सहकारीबारे अनुसन्धान गरिरहेको जनाएको छ । ललितपुरस्थित मितेरी सहकारीको झन्डै १५ करोड हिनामिनामा सत्तारूढ कांग्रेसका उपसभापति धनराज प्रत्यक्ष जोडिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा एक महिनाअघि नै जाहेरी परे पनि सहकारीका कोही पनि पक्राउ परेका छैनन् । धनराजसँग सोधपुछसमेत गरिएको छैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT