Techie IT
Saturday, June 6, 2026 | शनिबार, जेठ २३, २०८३
२०८३ जेठ २३, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रफेरि घट्यो बैंकको ब्याजदर, कुनको कति पुग्यो ?

फेरि घट्यो बैंकको ब्याजदर, कुनको कति पुग्यो ?


काठमाडौं । बैंक तथा वित्तीय संस्थाले फेरि ब्याजदर घटाएका छन् । कात्तिकका लागि बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै कर्जाको पनि स्वतः घटेको हो ।

निक्षेप बढिरहे पनि अपेक्षित रूपमा कर्जाको माग बढ्न नसकेकाले आफूहरूसँग लगानीयोग्य रकम धेरै थुप्रिएको भन्दै बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर फेरि घटाएका हुन् ।

वाणिज्य बैंकहरूले बुधबार प्रकाशन गरेको कात्तिकको ब्याजदर सूचीअनुसार असोजको तुलनामा कात्तिकमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२४५ प्रतिशत बिन्दुले घटेको छ । असोजमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ६.३९६ प्रतिशत थियो ।

कात्तिकका लागि यो ब्याजदर घटेर औसत ६.१५१ प्रतिशतमा कायम भएको छ । २० वटा वाणिज्य बैंकमध्ये ११ वटाले असोजको तुलनामा कात्तिकमा निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । ८ वटाले स्थिर नै राखेका छन् भने एउटा बैंकले सामान्य बढाएको छ । गत असारदेखि ऋणको ब्याजदर पनि एकल अंकमा झरेको छ ।

गत असारमा बैंकहरूको कर्जाको औसत ब्याजदर ९.९३ प्रतिशत थियो । यो पछिल्लो ३२ महिनायताकै कम हो । २०७८ माघमा वाणिज्य बैंकहरूको यस्तो ब्याजदर ९.४४ प्रतिशत थियो । त्यसयता कर्जाको ब्याजदर निरन्तर बढेर ०७९ फागुनमा सबैभन्दा धेरै औसत १३.०३ प्रतिशत पुगेको थियो । त्यसपछि कर्जाको ब्याजदर निरन्तर घटिरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT