Techie IT
Friday, August 22, 2025 | शुक्रबार, भदौ ६, २०८२
२०८२ भदौ ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रअन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो


काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् । गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २३ हजार ८८ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

अगष्टमा त्यस क्षेत्रमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या छ हजार तीन सय १४ थियो । आयोजनाका अनुसार यो यामको सेप्टेम्बर र अक्टोबरमा सबैभन्दा बढी पर्यटक उक्त क्षेत्रको भ्रमणमा आउने गरेका छन् । सेप्टेम्बरमा घुमफिरका लागि आएका विदेशी पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ८२ र अन्य देशका ११ हजार चार सय छ जना छन् ।

अगष्टमा सार्क क्षेत्रका तीन हजार तीन सय ८३ र अन्य मुलुकका दुई हजार नौ सय ३१ पर्यटकले एक्यापको भ्रमण गरेका थिए । जुलाईमा सार्क क्षेत्रका तीन हजार तीन सय ५० र अन्य मुलुकका एक हजार आठ सय ९३ जनाले भ्रमण गरेका थिए । एक्यापभित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमैडाँडा, मनाङको तिलिचो ताल, थोरङभञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

आन्तरिक पर्यटक पनि यही याममा बढी आउने गरेका छन् । गत आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिएभने तिनमा एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ जना थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

फेसबुकमा प्रधानमन्त्रीको आलोचना गरेकै आरोपमा मंगलसिंह पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा सामाजिक अभियन्ता एवं माओवादी कार्यकर्ता मंगलसिह प्रजा पक्राउ

ज्योति मगरको ज्योतिले हल्लियो धेरैको माथिंगल, शरीर अश्लील कि नजर…

काठमाडौं । धेरैले गायिका ज्योति मगरलाई अंग प्रदर्शन गर्ने कलाकारका रुपमा चिन्छन् । तर, पछिल्लो समय एउटा उनले एउटा पडकास्टमा

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा चरम आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाह्रविसे नगरपालिकाका

एमाले सिन्धुपाल्चोक क्षेत्र १ ‘ख’को बैठक सम्पन्न, प्रतिनिधि परिषद् बैठक…

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश ‘ख’ समन्वय कमिटीको बैठक सम्पन्न भएको छ । शनिबार

सरकार ढाल्ने सबै कार्ड फाल्दा पनि असफल भएपछि गले प्रचण्ड

काठमाडौं । सरकार ढाल्नका लागि प्रयोग गरिएका सबै कार्ड असफल भएपछि माओवादी अध्यक्ष प्रचण्ड नराम्ररी गलेका छन् । यसअघि सरकार

Techie IT