गृहपृष्ठ ∕ समाचारपत्र ∕ प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ स्वर्णपत्र शुक्रबार, २०८१ असोज १८ गते, १४:०७ मा प्रकाशित समाचारपत्र काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया रही नेपाल फर्किंदै गरेका सुर्खेतका २९ वर्षीय खगेन्द्र ऐरी रहेका छन् । साइबर ब्युरोका अनुसार पीडित युवती र आरोपित ऐरी नजिकका आफन्त हुन् । २०७८ तिर उनीहरू फेसबुकमा जोडिएर मेसेन्जरमा कुरा गर्थे । त्यही क्रममा उनीहरूबीच अन्तरङ्ग तस्वीरहरू आदानप्रदान भए । पछि युवक वैदेशिक रोजगारीका लागि मलेसिया गए । त्यही क्रममा उनीहरूबीच विवाद भयो र ऐरीले युवतीका अश्लील तस्वीरहरू नक्कली फेसबुक अकाउन्ट बनाई त्यसबाट आफन्त र साथीभाइलाई पठाइदिए । आफन्तले अश्लील फोटो पाएको जानकारी दिएपछि पीडित युवतीले ब्युरोमा २३ वैशाख २०७९ मा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा उजुरी दिइन् । उनै ऐरीलाई फरार सूचीमा राखी इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएको थियो । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग टेरामक्स घोटाला प्रकरणमा अदालत उपस्थित भए मोहन बस्नेत काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स घोटाला प्रकरणमा मुद्दामा बयान पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार पाल्पाको रामपुर नगरपालिकाको नौलो प्रयास, दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई… काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष देउवा र प्रचण्डसँग छलफल गर्दै ओली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ नजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा ३ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ४ अमरेशले ‘नेपाललाई लिजमा दिऊँ’ भनेपछि संसदमा लफडा, सभामुखसँग पर्याे चर्काचर्की ५ मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति ६ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ७ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै ८ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता