Techie IT
Friday, October 31, 2025 | शुक्रबार, कात्तिक १४, २०८२
२०८२ कात्तिक १४, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रआकस्मिक बाढीका कारण १३ जनाको मृत्यु,१६ जना घाइते

आकस्मिक बाढीका कारण १३ जनाको मृत्यु,१६ जना घाइते


अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको देशको राष्ट्रिय विपद व्यबस्थापनका अधिकारीले बुधबार बताएका छन् ।

विगत दश दिनदेखि परेको भारी वर्षाले गजनी, लघमान, नङगरहार, फराह, पक्तिया, बदघिस, हेरात र दयाकुन्डी प्रान्तमा आकस्मिक बाढी ल्याएको राष्ट्रिय विपद व्यबस्थापनका प्रवक्ता मुल्लाह जनान स्याकले बताएका छन् ।

स्याकका अनुसार बाढीले अन्य प्रान्तहरूमा पनि ठुलो मात्राामा सम्पत्ति क्षति पुर्याउदा १ सय ९ वटा आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् भने लगभग ६ सय ५० हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।

गत मे देखि परेको निरन्तरको वर्षाले गर्दा भएका दुर्घटनाहरूमा ४ सय भन्दा बढीको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन्, भने गम्भिर आर्थिक क्षति भएको जनाइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषकहरूलाई उत्पादन वृद्धिका उद्देश्यले वितरण गरेको मिनीटिलर (साना ट्र्याक्टर) सम्बन्धी महत्त्वपूर्ण सूचना

विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको सामु आत्मसमर्पण गर्नु जस्तै…

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जान चुनौती दिएका छन् ।

प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दैछिन्।

नेपाली नागरिकलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह

सामाजीक अभियान्ता दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्।

सर्वोच्च अदालतले पनि जेन जी आन्दोलनमा भएको आगजनी र लुटपाटविरुद्ध…

काठमाडौं । सर्वोच्च अदालतले जेन–जी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाटविरुद्ध प्रहरीमा जाहेरी दिने भएको छ । सर्वोच्चले दुई दिनभित्रै

जेन–जी आन्दोलनमा अराजकता मच्चाउने २४६ जना पक्राउ

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा अराजक गतिविधि गर्ने २४६ जनालाई प्रहरीले पक्राउ गरी

Techie IT