Techie IT
Tuesday, December 16, 2025 | मंगलबार, पुस १, २०८२
२०८२ पुस १, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या १ सय १८ पुग्यो

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या १ सय १८ पुग्यो


काठमाडौं । दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा ’हेलेन’ नामक विनाशकारी आँधीबेहरीबाट ज्यान गुमाउनेको संख्या सोमबार ११८ पुगेको छ। दक्षिणपूर्वी अमेरिकी राज्यमा सयौं अझै बेपत्ता छन् र मृत्युको संख्या बढ्दै जाँदा, राष्ट्रपति जो बाइडेनले उद्धार प्रयासको निरिक्षण गर्न बुधबार आँधीले ध्वस्त पारेको उत्तरी क्यारोलिनाको यात्रा गर्ने घोषणा गरेका छन्।

आँधीबेहरी र त्यसले निम्त्याएको बाढीबाट उत्तर क्यारोलिनामा ४९, दक्षिण क्यारोलिनामा २५, जर्जुयामा २५, फ्लोरिडामा १४, टेनेसीमा ४ र भर्जिनियामा एक गरी कम्तिमा ११८ जनाको मृत्यु भएको एएफपीले संकलन गरेको स्थानीय अधिकारीको तथ्यांकले जनाएको छ।

संघीय आपतकालीन व्यवस्थापन प्रशासनका कर्मचारीले प्रभावित राज्यमा मानिसको उद्धार र खोजी कार्य जारी राखेका छन् । उनीहरूले प्रभावित क्षेत्रहमा पानी र बिजुली आपूर्ति पुनर्स्थापना गर्ने, आँधीले ढालेका रूखहरू पन्छ्याउने, आवश्यक सामग्री उपलब्ध गराउने र सहायता आवश्यक हुने मानिसको नाम दर्ता गर्ने काम गरिरहेका छन्।

अधिकारीहरूले मृतकको संख्या बढ्ने चेतावनी दिँदै अझै ६०० जना बेपत्ता रहेको जानकारी गराएका छन्।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने

नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ।

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१

एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो

नेकपा एमालेको नयाँ नेतृत्वमा लागि आज मतदान हुँदैछ । मतदान दिउँसो चार बजेबाट सुरु हुनेछ । 

एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि

गायीका ज्योती मगर पनि खुलेरै नेकपा एमालेको महाधिवेशनमा लागेकीछीन् ।

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस्

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

Techie IT