गृहपृष्ठ ∕ समाचारपत्र ∕ दशैसम्म मनसुन कायमै रहने सकेसम्म यात्रा नगर्न मौसमविदहरुको सुझाव दशैसम्म मनसुन कायमै रहने सकेसम्म यात्रा नगर्न मौसमविदहरुको सुझाव स्वर्णपत्र मंगलबार, २०८१ असोज १५ गते, १२:३६ मा प्रकाशित समाचारपत्र काठमाडौं । मनसुन कायमै रहेको र दसैंमा पनि पानी पर्ने सम्भावना भएकाले सकेसम्म यात्रा नगर्न मौसमविद्हरूको सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार बुधबार कोशी र वाग्मती प्रदेशका एकरदुई स्थानमा पुनः भारी वर्षा हुने सम्भावना रहेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाले विभिन्न प्रदेशमा ठूलो जनधनको क्षति गरेको छ । बुधबारदेखि वाग्मती र कोशी प्रदेशमा पुनः भारी वर्षाको सम्भावना देखिएको हो । नेपालमा स्थानीय मनसुनी वायुको प्रभाव कायम रहेको छ भने भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । मंगलबार साधारणदेखि आंशिक बदली भई मुख्यतः मौसम सफा रहने तर केही ठाउँहरूमा भने हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । बुधबार भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यतः मौसम सफा रहनेछ भने कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित सामाजिक सञ्जालमा सोविता गौतमसँग तुलना हुनथाल्यो ज्योति मगरको, गौतमको भन्दा… काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा गायिका ज्योति मगरको चर्चा व्यापक छ । खासगरी राजनीतिक विषयमा दिएका सुझबुझपूर्ण तर्कका कारण सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषकहरूलाई उत्पादन वृद्धिका उद्देश्यले वितरण गरेको मिनीटिलर (साना ट्र्याक्टर) सम्बन्धी महत्त्वपूर्ण सूचना विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको सामु आत्मसमर्पण गर्नु जस्तै… काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जान चुनौती दिएका छन् । प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने प्रधानमन्त्री सुशीला कार्कीले बुधबार राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दैछिन्। नेपाली नागरिकलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह सामाजीक अभियान्ता दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) ३ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ४ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका ५ हायात होटलका कर्मचारीलाई गेटबाटै फर्काइयो, पुनर्निर्माण सकिएपछि फिर्ता बोलाइने ६ प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने ७ सुशीला सरकारको मन्त्रिमण्डल विस्तार, मन्त्रीको सूचीमा फरार अभियुक्तदेखि विवादास्पद व्यक्तिसम्म ८ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल