Techie IT
Friday, December 12, 2025 | शुक्रबार, मंसीर २६, २०८२
२०८२ मंसीर २६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबुधबारदेखि पुनः पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाई

बुधबारदेखि पुनः पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाई


काठमाडौं । सोमबार र मंगलबार नेपालको मौसम खुला रहेपनि र बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको छ। सोमबार अपराह्नपछि पहाडी भेगमा बादल लाग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका उपप्रपाध्यापक विनोद पोखरेलले बताए। पोखरेलका अनुसार मंगलबार पूर्वी नेपालमा कोशी प्रदेशमा अपराह्नपख हल्का वर्षाको सम्भावना रहेको छ त्यस्तै बागमती र गण्डकीमा पनि बादल लाग्ने तर वर्षाको सम्भावना छ ।

बुधबारदेखि यो हप्ताभरि गण्डकीदेखि कोशीसम्मै अपराह्नपख वर्षाको सम्भावना रहेको छ भने पश्चिम नेपालमा भने वर्षाको सम्भावना छैन । बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली नेपालतिर सर्दा बिहीबारदेखि शनिबार साँझसम्म लुम्बिनी प्रदेशसम्म भारी वर्षा भएको थियो ।

मौसमविद्हरूले मनसुनी वायु, बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली र अरब सागरसमेतबाट आएको उच्च जलवाष्ययुक्त हावा मिसिँदा नेपालमा घनघोर वर्षा भएको बताएका थिए । काठमाडौं उपत्यकाका ११ स्थानसहित देशभर २५ ठाउँमा वर्षाले यसअघिका रेकर्ड ब्रेक गरेको थियो । यस वर्ष मनसुन लम्बिने देखिएको छ।

नेपालबाट असोज १६ पछि मनसुन बाहिरिनुपर्नेमा केही दिन लम्बिने संकेत देखिएको छ भने मनसुन लम्बिने संकेत देखिएकाले दसैंमा पनि पानी पर्ने सम्भावना रहेको मौष्मविदहरुको भनाई छ । । यस वर्षको मनसुनयाममा औसतभन्दा बढी वर्षा भइसकेको छ






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन

हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल ।

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको…

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा

सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र सर्त रहेको बताएका छन्।

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख

एमालेको महाधिवेशनमा २हजार ४सय ६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ । महाधिवेशनमा निर्वाचित,

Techie IT