Techie IT
Sunday, July 13, 2025 | आईतबार, असार २९, २०८२
२०८२ असार २९, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजुगल पहिरो अपडेटः बेपत्ता भनिएका ७ जना सम्पर्कमा आए

जुगल पहिरो अपडेटः बेपत्ता भनिएका ७ जना सम्पर्कमा आए


काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ स्थित तेगागाउँमा पहिरोले घर बगाउँदा बेपत्ता भएका भनिएका सातै सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सोमबार बिहानै तेगामा पुगेर उद्धार गरिएको बताए ।

माथिल्लो तेगाको भूभाग भास्सिएर आएको पहिरोले तेतागाउँको नौ घरमध्ये तीन घरमा पुर्ण रुपमा क्षति पुगेको छ । पहिरोमा स्थानीय लाक्पा शेर्पा, मिङ्मार रिन्जेन शेर्पार पेम्बा शेर्पाको घर पूर्ण रूमा क्षति भएको छ ।

हाल गाँउका स्थानीयको उद्धार गरेर सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ । केही समयअघि यहाँ निर्माणाधीन जलविद्युत् आयोजनाद्वारा तेम्बाथानसम्म सडक छिचोलिए पनि ठाँउपिच्छै पहिरो र खोलाले अवरुद्ध बनाएकाले बर्खायता सडक ठप्प छ ।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्म्बोका अनुसार शनिबार खबर पाएलगत्तै उद्धारका लागि सुरक्षाकर्मी दुई दिन पैदल हिँडेर सोमबार पुगेका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रधानमन्त्रीको सुझाव– समयमै विवाह गर्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै विवाह गरेर ३० वर्षभित्रै तीन सन्तान जन्माउने सुझाव दिएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो ५२ कर्मचारी

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पदपूर्ति

नारायणकाजी श्रेष्ठले सुटुक्क विद्या भण्डारी भेटेकोप्रति प्रचण्डको असन्तुष्टि

काठमाडौं । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई थाहै नदिइ पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटेकोप्रति माओवादी अध्यक्ष प्रचण्डले असन्तुष्टि व्यक्त गरेका

विद्या भण्डारीका कारण असफल हुनबाट जोगिए बालेन

काठमाडौं । पुनः राजनीतिमा सक्रिय हुन लागेकी पूर्वराष्ट्रपति विद्यादेवीको भूमिका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असफल हुनबाट जोगिएका छन्

ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुने घोषणाले नेपाली राजनीति नै तरंगित भएको छ । खासगरी एमालेभित्र भण्डारीको आगमनले ठूलो

पूर्वराजाका संवाद सचिव फणिराज पाठक पक्राउ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको

Techie IT