गृहपृष्ठ ∕ समाचारपत्र ∕ सिन्धुलीमा मोटरसाइकल दुर्घटना, दुई प्रहरीको मृत्यु सिन्धुलीमा मोटरसाइकल दुर्घटना, दुई प्रहरीको मृत्यु स्वर्णपत्र सोमबार, २०८१ जेठ २८ गते, ०८:१४ मा प्रकाशित समाचारपत्र काठमाडौं । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना प्रहरीको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई जना प्रहरीको मृत्यु भएको हो । प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक (असई) रवीन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमादनगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो । सोल्पाडाँडाबाट गस्ती गरेर पुनः प्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो । #दुर्घटना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर लोकप्रिय १ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा २ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ३ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो ४ हिमशृङ्खला एकेडमीको ३१ औं स्थापना दिवस सम्पन्न ५ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य ६ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ७ प्रचण्डकी छोरीले समेत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको खुलेपछि गृह मन्त्रालयले लिएको थियो एक्सन ८ कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क