Techie IT
Wednesday, September 17, 2025 | बुधबार, असोज १, २०८२
२०८२ असोज १, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रदशैका लागि आजबाट सुकिला नोट साट्न सकिने

दशैका लागि आजबाट सुकिला नोट साट्न सकिने


काठमाडौं । यस वर्षको दसैं, तिहार र छठका लागि आजदेखि राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सर्वसाधरणलाई सुकिला नोट सटही सुविधा दिने भएका छन् ।

नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने सूचना यसअघि नै जारी गरेको छ ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालय, सातैवटा प्रादेशिक कार्यालय सहित सबै बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट सटही सुविधा दिने तयारी भइरहेको बैंकले जनाएको छ ।

सबै दरका एकरएक थान गरी प्रतिव्यक्ति १८ हजार पााच सय रुपैँयाका दरले नोट सहटी गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैकिङ विभागबाट नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिने जनाएको छ ।

साथै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्ने सकिनेछ । विगतका वर्षहरूमा दसैं, तिहार र छठका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाा नोट वितरण गर्दै आएको थियो । तर यस वर्ष नयाा नोटको सट्टा सुकिला सफा नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रधानमन्त्री माग्न आएका हर्क साम्पाङले मन्त्रीसमेत नपाएपछि बालेनमाथि पोखे आक्रोश 

काठमाडौं । प्रधानमन्त्री बन्नका लागि धरानबाट काठमाडौं आएका मेयर हर्क साम्पाङले कुनै पनि मन्त्रीसमेत नपाएपछि काठमाडौंका मेयर बालेन साहसँग आक्रोश

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।

सुमना श्रेष्ठले गरिन् रास्वपा परित्याग

काठमाडौं । पूर्वशिक्षामन्त्री समेत रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा

राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा…

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको बताएका छन् । राष्ट्रपति र संविधान दुवै

जेन जीको आन्दोलनमा रास्वपाको खतरनाक घुसपैठ

आफूहरुको आन्दोलनमा रास्वपाको घुसपैठ भएको भन्दै जेन जीभित्रै विवाद उत्पन्न भएको छ । मंगलबार अस्भाविक क्षति हुनेगरी भएको प्रदर्शनका घटनाक्रमले

जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन

नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्‍याइएकामध्ये

Techie IT