Techie IT
Wednesday, October 29, 2025 | बुधबार, कात्तिक १२, २०८२
२०८२ कात्तिक १२, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रचट्याङ लागेर तीन जनाको मृत्यु

चट्याङ लागेर तीन जनाको मृत्यु


काठमाडौं । झापासहित देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका ३ तेह्थुमे टोलस्थित घर निर्माणको लागि आएका झापा दमक नगरपालिका ४ बस्ने ३६ वर्षीय कुमार मोतेको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक झापामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका ५ हाङजावाङ बस्ने ४२ वर्षीया चन्द्रकली वलीको चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । यसैगरी बाजुराको बुढिगंगा नगरपालिका ४ बानेगाउँ बस्ने ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सर्वोच्च अदालतले पनि जेन जी आन्दोलनमा भएको आगजनी र लुटपाटविरुद्ध…

काठमाडौं । सर्वोच्च अदालतले जेन–जी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाटविरुद्ध प्रहरीमा जाहेरी दिने भएको छ । सर्वोच्चले दुई दिनभित्रै

जेन–जी आन्दोलनमा अराजकता मच्चाउने २४६ जना पक्राउ

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा अराजक गतिविधि गर्ने २४६ जनालाई प्रहरीले पक्राउ गरी

आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन

गुम्बाको सहर भनिने यो क्षेत्रमा ह्योल्मो जातिको बाहुल्यता छ, जहाँको विशिष्ट संस्कृति, आतिथ्य सत्कार र प्राकृतिक सुन्दरताले आगन्तुकलाई आकर्षित गर्ने

हायात होटलका कर्मचारीलाई गेटबाटै फर्काइयो, पुनर्निर्माण सकिएपछि फिर्ता बोलाइने

काठमाडौं । जेन जी आन्दोलनका कारण होटल सञ्चालन गर्नसक्ने अवस्था नरहेको भन्दै हायात होटलले आफ्ना कर्मचारीलाई गेटबाटै फिर्ता पठाएको छ

सुशीला सरकारको मन्त्रिमण्डल विस्तार, मन्त्रीको सूचीमा फरार अभियुक्तदेखि विवादास्पद व्यक्तिसम्म

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । कार्कीले विस्तार गर्ने मन्त्रिपरिषदमा फरार अभियुक्तदेखि विवादित छविका व्यक्तसमेत संलग्न छन् ।

रास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि…

काठमाडौं । मापदण्ड पूरा हुँदा पनि रास्वपाको केन्द्रीय नेतृत्वले नेतृ तोषिमा कार्कीलाई सचिवालय सदस्यमा मनोनित गरेन । विस्तार बैठक हुनुभन्दा

Techie IT