Techie IT
Saturday, June 28, 2025 | शुक्रबार, असार १३, २०८२
२०८२ असार १३, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रत्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रह पछि त्रिभुवन विश्वविद्यालयले मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरेर सो जानकारी गराएको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले मौका परिक्षाको व्यवस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ ।

प्रकाशित सूचनामा मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका वि। स। २०५८ साल देखीका वार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एकपटक मौका परीक्षा सञ्चालन गर्ने भएको उल्लेख छ ।

साथै त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय त्रिविले गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित

मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति

सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार

पाल्पाको रामपुर नगरपालिकाको नौलो प्रयास, दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई…

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष

देउवा र प्रचण्डसँग छलफल गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली

धुलिखेल–खावा सडकखण्डको हरिबिजोग, यात्रु मारमा

काठमाडौं । धुलिखेल–खावा सडक विस्तार आयोजना तीन वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीको लापरबाही, प्रशासनिक ढिलासुस्ती र अदालती प्रक्रियाका कारण

Techie IT