गृहपृष्ठ ∕ समाचारपत्र ∕ सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति स्वर्णपत्र सोमबार, २०८१ असोज ७ गते, १६:१६ मा प्रकाशित समाचारपत्र काठमाडौं । जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको रकम लगेर गोर्खा मिडिया नेटवर्कमा अपचलन गरेको आरोपमा आइतबार काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार साँझ कास्की लगिएको थियो । प्रहरीले जरुरी पुर्जी थमाएर पक्राउ गरेकामा सोमबार कार्यालय समयमा जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । म्याद थपअघि सरकारी वकिल र आरोपितका तर्फबाट बहसपछि न्यायाधीश चन्द्रकान्त शर्माको इजलाशले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । गोर्खा मिडिया नेटवर्कका चार सञ्चालकमध्ये जोशी सुरुवाती कालमा सञ्चालक समितिको उपाध्यक्षका रुपमा थिए भने जीबी राई अध्यक्ष, रवि लामिछाने प्रबन्ध निर्देशक र कुमार रम्तेल सञ्चालक समिति सदस्यका रूपमा रहेका थिए । जसमध्ये जीबी राई हाल फरार छन् भने कुमार रम्तेल सूर्यदर्शन सहकारी प्रकरणमै पुर्पक्षका लागि जेलमा छन् । #छविलाल जोशी #सहकारी ठगी प्रकरण तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति… काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफूले सहमति नदिएको केपी शर्मा ओलीको… काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आफूले सहमति नदिएको प्रष्टीकरण दिएका किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर… काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन् जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि… काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन… हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले उज्यालो अभियानका नाममा कुलमान घिसिङले अध्याँरा कर्तुत गरेको आरोप, गुम्बा… काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् उज्यालो अभियानका अभियन्ता भनिने कुलमान घिसिङलाई भ्रष्टाचार र अनियमिताका गम्भीर आरोप लागेका छन् । भाइहरुका लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी ३ जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि प्रहरीको अनुसन्धान सुरु ४ रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि विकल्प खोज्ने भन्नेमा चर्को मतभेद ५ हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन जोशीको नाम ६ जेन जीलाई केपी ओलीको प्रश्नः सुशीला कार्की मभन्दा कति वर्ष कान्छो रे ? ७ कुन माया, कुन मोह ? ८ गुन्डूमा एमाले सचिवालय बैठक बस्दै